सुदूर नेपाललाई विश्वसँग जोड्दै

बंगलादेशका राष्ट्रपति हमिद नेपाल भ्रमणमा

२०७६ कार्तिक २६, ०१:४५

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मंगलवार काठमाडौं आइपुगेका छन्। ४ दिने भ्रमणका लागि उनि नेपाल आएका हुन्। उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणा गरेकी थिइन। 

राष्ट्रपति हमिदलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा राष्ट्रपति भण्डारीले स्वागत गरेकी छिन्। भ्रमणका क्रममा बंगलादेशका राष्ट्रपति हमिदले राष्ट्रपति भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। राष्ट्रपति भण्डारीले आफ्ना बंगलादेशी समकक्षी तथा उनको प्रतिनिधिमण्डलको सम्मानमा राजकीय भोज आयोजना गर्ने कार्यक्रम रहेको छ ।

नेपाल बसाइका बेला बंगलादेशी राष्ट्रपतिले पोखराका साथै काठमाडौं उपत्यकाका ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका स्थलको भ्रमण गर्नेछन्।

बंगलादेशका राष्ट्रपतिसँग उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने तय भएको परराष्ट्र मन्त्राललयले जनाएको छ। 

 

कमेन्ट लोड गर्नुस