सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा स्थानीय तहको अटेरीले भ्रष्टाचारका मुद्दा फछ्यौटमा समस्या

२०७६ कार्तिक २६, ०१:३४

सुदूरपश्चिममा भ्रष्टाचारका उजुरी बढेको एक तथ्याङ्कले देखाएको छ। । प्रदेशका कैलाली र कञ्चपुरबाट सबैभन्दा बढी उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय कञ्चनपुरको तथ्याङ्कं छ। 

तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७६/०७७ मा कैलालीबाट १ हजार ५ सय २४ जना र कञ्चनुपुरबाट १ हजार २ सय ४५ जनाको उजुरी परेको छ।  त्यस्तै बैतडीबाट भ्रष्टाचार सम्बन्धी ५ सय ९४ वटा उजुरी परेको छ। उता दार्चुलाबाट ३ सय १४, डडेल्धराबाट ४ सय ४, बझाङबाट  २ सय ८८, डोटीबाट ३ सय ९७, अछामबाट २ सय ५१, बाजुराबाट १ सय ५१, वटा उजुरी परेको आयोगले जनाएको छ। 

आर्थिक वर्ष २०७०/०७१ मा कञ्चनपुरमा स्थापना भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालयका अनुसार आव २०७६/०७७ को असोज मसान्तसम्म सुदूरपश्चिमका ९ वटै जिल्लाबाट पाँच हजार १८४ वटा उजुरी परेको छ। कुल उजुरी मध्ये चार हजार ३२७ फछ्र्यौट भएको र ८५७ वटा उजुरी अनुसन्धानमा रहेको आयोगका क्षेत्रीय प्रमुख बावुराम खतिवडाले बताए।

उनका अनुसार भ्रष्टाचार रोक्न आयोगले विभिन्न जिल्लामा प्रबद्र्धनात्मक कार्यक्रम गर्न थालेपछि उजुरी गर्ने संख्या बढेको छ । खतिवडाले भने ‘तथ्यगत उजुरी आए आयोगलाई छानबीन गर्न सजिलो हुने भएकोले सरोकारवाला निकाय सबैले भ्रष्टाचार रोक्न जागरुक बन्नुपर्छ।’

स्थानीय तहका कारण पछ्यौट गर्न असहज
पछिल्लो समय स्थानीय तहको बारेमा बढी उजुरी आए पनि उजुरी फछ्र्यौट गर्न स्थानीय तहकै कारण असहज भईरहेको अख्तियारका सह न्यायधिवक्ता गोपालप्रसाद रिमालले बताए।

‘अख्तियारमा उजुरीको संख्या बढे पनि स्थानीय तहलाई पटक पटक ताकेता गर्नुपर्ने, समग्र ईकाई गठन नहुनु, आफु अनुकुल जवाफ पठाउने, आरोपित व्यक्ति र निकायकै जवाफ साभार गरि पठाउनु, स्थलगत निरीक्षण बिना प्रतिवेदन पठाउने गरेका कारण उजुरी फर्छ्र्यौट गर्न अप्ठ्यारो हुने गरेको छ’ उनले भने।

कमेन्ट लोड गर्नुस