सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा स्विमिङ्ग पुलमा डुबेर दुई वर्षीय बालकको मृत्यु

२०७६ कार्तिक २५, ०९:१० खबर संवाददाता

धनगढीमा स्विमिङ्ग पुलमा डुबेर एक  दुई वर्षीय बालकको मृत्यु भएको छ। धनगढी उप–महानगरपालिका वडा नम्बर ८ क्याम्पसचोकको इशाबेला रेष्टरेन्ट एण्ड बारको स्विमिङ्ग पुलमा डुबेर धनगढी उप–महानगरपालिका वडा नम्बर १९ का दुई वर्षीय शुसान्त रोकायाको मृत्यु भएको हो। आफन्तले स्विमिङ्गमा भेटाएपछि उनलाई सेती प्रादेशिक अस्पताल ल्याएका थिए। अस्पतालमा उनको मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। उनका बुवा हिरो रोकायाको धनगढी क्यापस चौकमा पसल छ। उनीहरु धनगढीको क्यापसम चौकमा नै बसोबास गर्दै आएका थिए। 

कमेन्ट लोड गर्नुस