सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल र कुवेतबीचको खेल भूटानमा हुने

२०७६ कार्तिक २५, ०४:०७ खबर संवाददाता

कतारमा आयोजना हुने फिफा विश्वकपको दोस्रो चरण छनोटअन्तर्गत नेपाल र कुवेतबीचको खेल भूटानमा हुने भएको छ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज प्रेस विज्ञप्ति जारी गर्दै नेपाल र कुवेतबीचको पहिलो खेल भूटानको चाङलिमिथाङ रङ्गशाला हुने तय भएको जनाएको छ।

 विश्वकप छनोटअन्तर्गत नेपालको पहिलो होम खेलको रुपमा रहेको उक्त खेल यसअघि दशरथ रङ्गशालामा आगामी मङ्सिर ३ गतेका लागि तय भएको थियो। अन्तर्राष्ट्रिय मापदण्ड नपुगेको भन्दै एशियाली फुटबल महासङ्घ (एएफसी) ले एन्फालाई खेल स्थल परिवर्तन गर्न निर्देशन दिएको थियो। एन्फाले नेपाल र कुवेतबीचको खेल भुटानको चाङ्िलमिथाङ रङ्गशालामा गर्न एएफसीलाई सिफारिस गरेकामा उसले स्वीकृति दिएको एन्फाले जनाएको छ। दशरथ रङ्गशालामा २०७२ को भूकम्पका कारण पूर्णरुपमा क्षति भएको थियो। विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ।छनोटको सबै ‘अवे’ खेल खेलिसकेको नेपालले ४ खेलमा ३ अङ्क जोडेको छ।

नेपाल कुवेतसँग ७–० गोलले पराजित भएको थियो। नेपालले चाइनिज ताइपेलाई २–० गोलले पराजित गरेको थियो। त्यसपछि नेपाल अष्ट्रेलियासँग ५–० तथा जोर्डनसँग ३–० गोलले पराजित भएको थियो।

कमेन्ट लोड गर्नुस