कैलालीमा बसमा आगजनी
कैलालीको घोडाघोडी नगरपालिका–४ सिमथरीमा सडकको छेउमा राखिरहेको बसमा अज्ञात समूहले आइतबार राति आगजनी गरेको छ। काक्रेविहार यातायातको ना ४ ख ७३५० नम्वरको गाडीमाथि आगजनी भएको हो।
केही दिनअघिदेखि त्यस क्षेत्रको बाटो छेउमा पार्किङ गरी राखिएको सो बसमा गएराति अज्ञात समूहले आगजनी गरेको सुखडस्थित इलाका प्रहरी कार्यालयका प्रमुख हरिशरण भट्टले जानकारी दिए।
दैलेखका धनराज शाहीको नाममा रहेको सो बस उनका छोराले मासिक भाडामा उठाउँदै आएको जानकारी प्राप्त भएको प्रमुख भट्टले बताए।
यता शाहीले भने उक्त बस भाडामा दिएको र विहान मात्रै आगजनी भएको जानकारी पाएको बताए। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले लामो समयदेखि उक्त बस सोही स्थानमा राखिएको र गयराती आगजनी भएको बताए।
उनका अनुसार बस लैजान पटक–पटक आग्रह गरिएपनि वेवास्ता गरिएको थियो।