विद्युत प्राधिकरणको जीपको ठक्करबाट कैलालीमा दुई जना घाईते
नेपाल विद्युत प्राधिकरणको जीपको ठक्करबाट कैलालीमा दुई जना घाईते भएका छन्। नेपाल विद्युत प्राधिकरण अत्तरियाको बा १ ञ १८९१ नम्बरको जीपले मोटसाईकलमा सवार जिल्लाको मोहन्याल गाउँपालिका वडा नम्बर २ का २३ वर्षीय प्रविन रोकामगर र सोही ठाउँका १६ वर्षीय लिलाराम बुढामगर घाईते भएका हुन्।
जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ डोडा नदीको पुलमा पूर्वबाट पश्चिम आउदै गरेको जीपले से ६ प ६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो।
उनीहरुको घोडाघोडी अस्पतालमा उपचार भइरहेको कैलाली प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले बताए। ठक्कर दिने जिप र चालक छोटेलाल चौधरी ईलाका प्रहरी कार्यालय सुख्खडको नियन्त्रणमा रहेको उनले बताए।