सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको सीमा नाकामै भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइयो

२०७६ कार्तिक २२, ०१:०३ खबर संवाददाता

कञ्चनपुरको सीमा नाकामै नेपालको भूभाग कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा प्रकाशित गरेको विरोधमा भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाइएको छ। 
कञ्चनपुरबासीले महाकाली र भीमदत्त नगरपालिकास्थित सीमानाकामा ‘गो ब्याक इन्डिया’ को नारा लगाउँदै विरोध प्रदर्शन गरेका हुन् ।

नेपाल भारत सीमास्तम्भ ७९३/१ बाट जुलुससहित निस्किएका स्थानीयले भारतीय हस्तक्षेप विरुद्ध नाराबाजी गर्दै सीमानाकामा प्रदर्शनसहित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट अनेरास्ववियुले समेत मोटसाइकल ¥याली निकाल्दै भारतीय हस्तक्ष्ेप विरुद्ध प्रदर्शन गरेका छन् ।

आन्दोनरत विद्यार्थीहरुले भारतले तत्काल नक्सा नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिँदै नेपाल सरकारले कुटनीतिक पहलबाट समाधान खोज्नुपर्नेमा जोड दिएका छन् ।
भारतले नयाँ नक्सामा कालापानी, लिपुलेख, लिम्पियाधुरा आफ्नो देशमा देखाएपछि नेपालमा त्यसको चर्को विरोध भइरहेको छ ।
 

कमेन्ट लोड गर्नुस