सुदूर नेपाललाई विश्वसँग जोड्दै

पहिलो दिन एमसीसीको नेपाल बिरुद्ध तीन सय ११ रन

२०७६ कार्तिक २०, ०७:२०

मेरिलेबोन क्रिकेट क्लब ९एमसीसी०ले तीन दिवसीय फष्र्ट क्लास क्रिकेटको पहिलो दिनको समाप्तिसम्म नेपालविरुद्ध तीन ११ रन बनाएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले खराब प्रकाशको कारण १० ओभरअघि नै पहिलो दिनको खेल सकाएको छ।  पहिलो दिन एमसीसीले नेपालविरुद्ध ८६ ओभरको समाप्तिमा तीन ११ रन बनाएको हो। एमसीसीका लागि विल रोडसले ७३, विल भान्डर्सपरले ५३, माइल्स हाम्मोनले ५२ र टोम वेष्टलीले ३९ रन बनाए । त्यस्तै, यासिर अरापतले ३५ र एलेक्स थोम्पसनले अविजित २२ रन बनाएका छन्। नेपालका लागि सोमपाल कामी, शरद भेषवाकर र सन्दीप लामिछानेले समान २(२ विकेट लिएका छन्।
 

कमेन्ट लोड गर्नुस