सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतको नयाँ नक्साप्रति साझाको आपत्ति

२०७६ कार्तिक २०, १२:५३ खबर संवाददाता

भारतको नयाँ नक्साप्रति साझा पार्टीले आपत्ती जनाएको छ। नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूमी भन्दै भारतले नयाँ नक्सा सार्वजनिक गरेपछि पार्टीले आपत्ति जनाएको हो। बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टीले नक्सा सच्याउन माग गरेको छ। 
‘नेपालको भू–भाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भू–भाग दाबी गरेकोप्रति साझा पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ। विज्ञप्तिमा भनिएको छ। भारत सरकारको यो कदम अन्तर्राष्ट्रिय कानूनको विपरित, नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथिको ठाडो हस्तक्षेप हो।’
नेपालका दर्जनौं ठाउँमा भारतबाट भएको सीमा अतिक्रमणको साझा पार्टीले निरन्तररुपमा विरोध गर्दै आएको विज्ञप्तिमा जनाइएको छ। हामी नेपाल सरकारलाई भारतले हालै जारी गरेको नयाँ नक्साको बारेमा कडा आपत्ति जनाउँदै स्पष्टिकरण माग्न, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भू–भाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन माग गर्न जोडदार आग्रह गर्दछौं। साझाले विज्ञप्तिमार्फत भनेको छ।

साझाले नेपाल–भारत संयुक्त सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको सीमा क्षेत्रका पिलरहरुको निर्माण, मर्मत र सर्वेक्षण कार्यमा प्रयोग भएका प्रविधि, ऐतिहासिक तथ्य एवं नाप नक्साका साथै हालसम्मको कार्यप्रगतिबारे आमनागरिकलाई जानकारी गराउन पनि सरकारसँग माग गरेको छ। नेपाल–भारतबीचको सदियौंदेखि रहिआएको घनिष्ट सम्बन्ध अझ नयाँ उचाइमा र्पुयाउनुपर्नेमा भारत सरकारको यो कदम प्रत्युत्पादक हुने साझा पार्टीको ठहर छ। साझाको विज्ञप्तिमा उल्लेख छ। मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसँग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिन साझाले आग्रह गरेको छ।
 

प्रेस विज्ञप्ती: भारतले जारी गरेको गलत नक्साबारे
(प्रकाशन र प्रसारणका लागि बिशेष अनुरोध सहित)

नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतले हालै जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग दावी गरेको प्रति साझा पार्टी गम्भीर आपत्ति प्रकट गर्दछ।

भारत सरकारको यो कदम अन्तराष्ट्रिय कानुनको विपरित नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतामाथीको ठाडो हस्तक्षेप हो।

यी भूभाग लगायत नेपालका दर्जनौं ठाउँमा भारतबाट भएको सीमा अतिक्रमणको साझा पार्टीले निरन्तररुपमा विरोध गर्दै आएको छ।

हामी नेपाल सरकारलाई भारतले हालै जारी गरेको नयाँ नक्साको बारेमा कडा आपत्ति जनाउँदै स्पष्टिकरण माग्न, कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको भूभाग रहेको स्पष्ट पार्न र जारी नक्सा सच्याउन माग गर्न जोडदार आग्रह गर्दछौं।

साथै नेपाल-भारत संयुक्त सीमा सर्वेक्षण टोलीको प्रयासमा भएको सीमा क्षेत्रका पिलरहरुको निर्माण, मर्मत र सर्वेक्षण कार्यमा प्रयोग भएका प्रविधि, ऐतिहासिक तथ्य एवं नाप नक्साका साथै हाल सम्मको कार्यप्रगतीबारे आमनागरिकलाई जानकारी गराउन पनि हामी नेपाल सरकारलाई अनुरोध गर्दछौं।

नेपाल-भारत बीचको सदियौंदेखि रहिआएको घनिष्ट सम्बन्ध अझ नयाँ उचाईमा पुर्याउनु पर्नेमा भारत सरकारको यो कदम प्रत्युत्पादक हुने साझा पार्टीको ठहर छ।

मुलुकको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो संवेदनशील विषयसंग सम्बन्धित यो मुद्दामा नेपाल सरकार र सबै राजनीतिक दल एकै ठाउँमा उभिनु पर्छ भन्ने साझा पार्टीको मान्यता छ।

डा. सूर्यराज आचार्य
प्रवक्ता
साझा पार्टी
२० कार्तिक २०७६

कमेन्ट लोड गर्नुस