सुदूर नेपाललाई विश्वसँग जोड्दै

हवाई कारबाहीमा १२ तालिबान लडाकू मारिए

२०७६ कार्तिक १९, ०३:०० खबर संवाददाता

अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १२ तालिबान लडाकू मारिएका छन्। लडाकू विमानले तालिबानलाई लक्ष्य गरी यो कारबाही गरेको प्रान्तीय सरकारका प्रवक्ता मोहमद जवाद हजारीले मङ्गलबार बताएका छन्। 

यस हवाई कारबाहीमा अन्य पाँच लडाकू घाइते भएका पनि जानकारी दिइएको छ। यसक्रममा सुरक्षाबल र सर्वसाधारणतर्फ भने कुनै हताहत भएको खबर प्राप्त भएको छैन। अफगानिस्तानको राजधानी काबुलबाट दुई सय ४५ किलोमिटर उत्तरमा पर्ने तखार प्रान्तमा सक्रिय तालिबान लडाकू समूहले यस कारबाहीका विषयमा औपचारिक रुपमा कुनै टिप्पणी गरेको छैन। रासस
 

कमेन्ट लोड गर्नुस