सुदूर नेपाललाई विश्वसँग जोड्दै

आयल निगम धनगढीको डिपो सार्ने योजना अलपत्र

२०७६ कार्तिक ४, ०४:०६ नवराज पनेरु

घनाबस्तीले घेरीएको नेपाल आयल निगम धनगढीको डिपोलाई अन्यन्त्र सार्ने योजना अलपत्र परेको छ। साढे तिन दशक अगाडी स्थापना भएको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीको डिपो अहिले घनाबस्तीले घेरिएपछि असुरक्षा बढेको र सानो भएको भन्दै अन्यत्र सार्ने योजना भएपनि अलपत्र परेको हो। दुई बर्ष अगाडी धनगढीको डिपोलाई अन्यन्त्र सार्ने भन्दै जग्गा खरिदका लागि निकालेको टेन्डर रद्ध भएपछि योजना नै अलपत्र परेको हो।

आयल निगम धनगढीका प्रमुख शर्पराज शर्माले टेण्डर रद्ध भएपछि जग्गा खोजीका क्रममा एक पटक केन्द्रको टोली सुदूरपश्चिम आएको बताए। ‘केन्द्रको टोली आएर कञ्चनपुरको रहेको राष्ट्रिय आवास कम्पनीको जग्गा हेरेर गएको थियो,’ निगमका प्रमुख शर्माले भने, ‘६ महिना अगाडी हामीले पनि सोही जग्गामा निगमको डिपो सार्ने प्रस्ताव सहित प्रतिवेदन पठाएका थियौँ, अहिले सम्म कुनै प्रक्रिया अगाडी बढेको छैन्।’

उनका अनुसार नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार चौधरीले धनगढीमै आएर जग्गा व्यवस्थापनका लागि प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टसंग पनि आग्रह गरेका थिए। ‘आयल निगमले डिपो सार्ने योजना चालु बर्षमा पनि राखेको छ। तर अहिले सम्म डिपो सार्नका लागि जग्गा प्राप्तीको योजना भने अगाडी बढ्न सकेको छैन्। उनले भने।’

धनगढीको चटकपुरमा रहेको निगमको डिपोलाई वरिपरिबाट घनाबस्तीले घेरेपछि एकातीर जोखीम बढेको र अर्कोतीर भण्डारण क्षमतामा पनि बढाउन नसक्ने अवस्था रहेको समेत प्रमुख शर्माले बताए। एक विगाह क्षेत्रफलमा रहेको नेपाल आयल निगम क्षेत्रीय कार्यालय धनगढीको डिपो सुरक्षाका दृष्टिकोणले अत्यन्त खतराको अवस्थामा छ। 

यसअघि नेपाल आयल निगमले अत्तरीया क्षेत्रलाई केन्द्रित गरी ४ वटा ईलाका छुट्याएर जग्गा विक्री गर्न ईच्कुक जग्गा धनीका लागी बोलपत्र आह्वान गरेको थियो। तर मापदण्ड अनुसारको जग्गाका लागि आवेदन नपरेको भन्दै निगमले टेण्डर रद्ध गरेको थियो। बस्तीको बिचमा डिपो हुदा आगलागी लगायतका जोखीम त छन् नै, सडकमा यत्रतत्र छरीएर राखीने ट्याङकरले पनि थप समस्या भएको छ।

अहिले आयल निगम धनगढीको डिपोमा डिजलका लागि १५ लाख २० हजार लिटर क्षमताको ट्याङकी रहेको छ भने पेट्रोलको ट्याङकी ९० हजार लिटर क्षमताको मात्रै छ। मट्टितेलको ७० हजार क्षमताको ट्याङकी रहेको आयल निगमले जनाएको छ। 

प्रदेशमा प्रत्येक दिन तीन लाख लिटर डिजल र एक लाख लिटर पेट्रोलको माग हुँदै आएको छ। पेट्रोल ट्याङकीको क्षमता ९० हजार लिटर मात्रै भएकोले एक दिनका लागि समेत अपुग हुँदै आएको निगमले जनाएको छ। ७ लाख ६० हजार लिटर क्षमताको मट्टितेलको पुरानो ट्याङकीलाई पेट्रोलको ट्याङकी बनाउने योजना रहेको छ। 
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस