सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीबाट ३ र कञ्चनपुरबाट ४ लाख मूल्यको अबैध सामान बरामद

२०८१ पुष ९, ०४:४१ खबर संवाददाता

धनगढीः कैलालीबाट ३ र कञ्चनपुरबाट ४ लाख मुल्यको अवैध सामान बरामद गरिएको छ। दुबै जिल्लाबाट गरी ७ लाख मुल्यको अबैध सामान प्रहरीले बरामद गरेको हो।

कैलालीको गोदावरी नगरपालिका–३ चौकिडाँडा, भजनी नगरपालिका–९ भुरुवाघाट, टीकापुर नगरपालिका–९ वालुवाटार, कैलारी गाउँपालिका–४ ‘के’ गाउँस्थित मिलन सामुदायिक वन र वडा नम्बर ७ कठैनी काठे पुल नजिकबाट अबैध सामान बरामद गरिएको छ।

करिब तीन लाख एक हजार ९ सय मुल्यको प्याज, चिनी, बिडी, सुर्ती, मिठाई, साबुन, क्रिम, सिद्रा माछा, सुटपिस, लेडिज जुत्ता र एक थान मोटरसाइकल बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ। उता कञ्चनपुरको भीमदत्त नगरपालिका–११ चौकीसत्ता र बेलौरी नगरपालिका–६ ढक्का चाँदरबाट पनि अबैध सामान बरामद गरिएको छ। करिब ४ लाख ७ हजार १४० मूल्यको बिडी, हार्डवेयर र एक थान मोटरसाइकल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले नियन्त्रणमा लिएको हो।

कमेन्ट लोड गर्नुस