कैलालीमा मोटरसाईकल चोरीमा संग्लन एक जना पक्राउ
कैलालीमा मोटरसाईकल चोरीमा संग्लन एक जना पक्राउ परेका छन्। जिल्लाको कैलारी गाउँपालिका वडा नम्वर ७ का २५ बर्षीय प्रकाश बोहरा पक्राउ परेका हुन्। उनले बाजुरा बह्रमतोला गाउपालिका वडा नम्वर ३ घर भई हाल धनगढी उप–महानगरपालिका वडा नम्वर ४ बसपार्क बस्ने वर्ष २३ का रोशन अधिकारीको मोटरसाईकल चोरी गरेको प्रहरीले जनाएको छ।
अधिकारीले वडा नम्वर २ सन्तोषीटोल स्थित पुष्पराज कुँवरको घरमा राखेको से.६ प ५९१९ नम्बरको यामाहा कम्पनिको मोटरसाईकल बोहराले चोरी गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। कैलारी गाउँपालिकामा मोटरसाईकल चलाईरहेको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेको हो। थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।