सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमेली नेपाली समाजको अध्यक्ष पुनः बलायर, संरक्षकमा नेगी

२०७६ असोज २५, ०६:३२ खबर संवाददाता

सुदूरपश्चिमेली नेपाली समाज अन्तराष्ट्रिय समितिको अध्यक्षमा पुनः धनवहादुर बलायर चयन भएका छन्। धनगढीमा भएको दोश्रो महाधिवेशनले अध्यक्षमा बलायरलाई सर्वसम्मत चयन गरेको हो। यस्तै समितिको संरक्षकमा डाक्टर भरतवहादुर नेगीलाई चयन गरिएको छ।

यस्तै समितिको बरिष्ठ उपाध्यक्षमा ईश्वर रोाकाय, प्रथम उपाध्यक्षमा शारदा शाह, उपाध्यक्षमा रामचन्द्र ओझा, महासचिवमा दिलेन्द्र प्रशाद जोशी, सचिवमा उमेश जोशी र कोषाध्यक्षमा भुवनप्रकाश भट्ट चयन भएका छन्। समितिको गल्फ संयोजकमा हर्कवहादुर भण्उडारी चयन भएका छन्।

रामप्रशाद जैशी, प्रकाश नायक र मोहन वहादुर रावत केन्द्रिय सदस्यमा चयन भएका छन्। सुदूरपश्चिमेली नेपाली समाजको दोस्रो महाधिवेशन तथा अन्तराष्ट्रिय सम्मेलन शुक्रवारदेखि धनगढीमा सुरु भएको थियो।

सम्मेलनले विभिन्न देशमा रहेका सुदूरपश्चिमेली समाजको छाता संगठनका रुपमा रहेको अन्तराष्ट्रिय समाजको नयाँ नेतृत्व चयन गरेको हो। समाजका गतिविधिका विषयमा पनि सम्मेलनमा छलफल भएको निवर्तमान महासचिव अमृत शाहीले बताए।

भेलामा सुदुरपश्चिमको हितका लागि आ–आफ्नो क्षेत्रबाट गर्न सकिने सहयोग र प्रयासका बिषयमा छलफल पनि गरिएको छ। झण्डै तीन बर्ष अगाडी सामाजिक संजाल मार्फत सुदूरपश्चिमको हितका लागि स्थापना गरिएको समाजको पहिलो भेला दुई बर्ष अगाडी धनगढीमै भएको थियो।

समाजमा विश्वका करिब ४० भन्दा बढि राष्ट्रमा रहेका सुदूरपश्चिमेलीहरु युवाहरुको आबद्धता रहेको छ।

कमेन्ट लोड गर्नुस