सुदूर नेपाललाई विश्वसँग जोड्दै

बडादशैंको आठौँ दिन, महाअष्टमी पर्व मनाईदै

२०७६ असोज १९, ०७:१२ खबर संवाददाता

हिन्दुहरुको महान चाड बडादशैंको आठौँ दिन, आश्विन शुक्ल अष्टमीका अवसरमा आज शक्तीपिठका साथै घरघरमा महाअष्टमी पर्व मनाईदै छ। यो दिन विशेषगरी शक्तीस्वरुपा महाकालीको विशेष पूजा गरी रातमा कालरात्री गर्ने प्रचलन रहेको छ। देवी भागवतमा उल्लेख भए अनुसार प्राचीनकालमा दक्ष प्रजापतिको यज्ञ नाश गर्ने ज्यादै शक्तीशाली भद्रकाली यसै अष्टमीका दिन उत्पन्न भएकी थिईन।

महाअष्टमीका दिन शैलपुत्री, ब्रहृमचारिणी, चन्द्रघण्टा लगायतका देवीहरूको पूजाआजा गरिन्छ। पूजा पश्चात् बोका, कुखुरा, हाँस, राँगोको बली दिईन्छ। महाअष्टमी पर्वका अवसरमा आज सुदुरपश्चिमका विभिन्न शक्ती पिठहरुमा वली दिईने चलन छ।

बैतडीको निङ्लासैनी भगवती मन्दिर, डडेल्धुराको उग्रतारा मन्दिर, पाटनमा रहेको उदयदेव मन्दिर, तल्लादेहीको डिलासैनी भगवती मन्दिरमा सयौँको सख्यामा पशु बली दिने चलन छ। निंङगलासनी भगवतीको मन्दिर र डडेल्धुराको उग्रतारा मन्दिरमा आज मेला पनि लाग्ने गरेको छ। जगन्नाथ, त्रिपुरा सुन्दरी, शिवनाथ, मेलौली लगायतका मन्दिरमा महाष्टमी पूजा गर्नेको भीड लाग्ने गरेको छ। यस्तै अष्टमी मनाएका ठाउँमा घटस्थापनाका दिन राखिएका जमरा काट्ने चलन छ।

आज मध्यरात अर्थात् नवमीको शुरुवातमा देवीहरुको विशेष पुजा अनुष्ठान हुने गर्दछ। नेपाली सेना र प्रहरीका हातहतियार र कलपूर्जाहरुको पूजाअर्चना समेत विधिविधान अनुसार गरिन्छ। आजको दिन भद्रकालीको पनि विशेष पूजाअर्चना गरिन्छ, सतिदेवीले आफ्नो पती महादेवको आफ्नै पिता दक्षप्रजापतीको मुखबाट गरीएको निन्दा सुन्न नसकेर अग्नीकुण्डमा हामफालेर आत्मदाह गर्द्छिन्।

त्यसै बखत यो कुरा थाहा पाएर रिसले चुरचुर भएका महादेवबाट महाकालीको रुपमा भद्रकाली यसै दिन प्रकट भइन्। शक्तिकी महास्वरुपा महागौरी र भद्रकाली स्वरुपको अनुष्ठान गरिसकेपछि आजको दिन वलिदिने चलन छ। यसरी वलि दिंदा बोका, कुखुरा, हाँस आदि चढाउने चलन छ भने शाकाहारी र वलि दिन नचाहनेहरुले कुभिन्डो, घिरौला आदि फलफूललाई चार हातखुट्टा जस्तो साना साना लठ्ठी हालेर जनावरको स्वरुपमा वलि दिने गर्दछन्।

कमेन्ट लोड गर्नुस