सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न नदिने अडान

२०७६ असोज १७, ०४:१३ खबर संवाददाता

संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री योगेश भट्टराईले रामशाहपथस्थित राष्ट्रिय अभिलेखालयको कार्यालय अन्य नसार्ने अडान लिएका छन्। शुक्रबार राष्ट्रिय अभिलेखालयको ५२ औं वार्षिकोत्सवको अवसर पारेर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले आवश्यक परे सर्वोच्च अदालतसँग छुट्टै सहमति गरेर भएपनि राष्ट्रिय अभिलेखालयको कार्यालय सार्न नदिने बताए। 

सर्वोच्च अदालतले २०७१ साल वैशाख २५ गते मन्त्रिपरिषदले गरेको निर्णयलाई आधार बनाएर राष्ट्रिय अभिलेखालयको कार्यालय त्यहाँबाट हटाउन पटक–पटक पत्राचार गर्दै आएको छ। मन्त्री भट्टराईले भने राष्ट्रिय अभिलेखालयजस्तो संवेदनशील तथा ऐतिहासिक महत्वको कार्यालय उपयुक्त विकल्प तयार नभई अन्यत्र सार्न नदिने बताउँदै राष्ट्रिय अभिलेखालयमा दक्ष जनशक्तिको पदपूर्ति गर्ने आश्वासन समेत दिएका छन्।
 

कमेन्ट लोड गर्नुस