सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतीय प्रधानमन्त्री मोदीको भाषण प्रत्यक्ष प्रसारण नगरेको भन्दै ‘दूरदर्शन’ टीभीका सहायक निर्देशक निलम्बित

२०७६ असोज १६, ०३:३० खबर संवाददाता

भारतको ‘दूरदर्शन’ टीभीका सहायक निर्देशक निलम्बित भएका छन्। भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण प्रत्यक्ष प्रसारण नगरेको भन्दै उनलाई  निलम्बन गरिएको हो। गत सेप्टेम्बर ३० मा प्रधानमन्त्री मोदीले चेन्नईको आईआईटी मद्रासको अनुसन्धान केन्द्रमा आयोजित ’सिंगापुर–इण्डिया ह्याकाथन’ २०१९ मा भाषण गरेका थिए। दूरदर्शनका सहायक निर्देशक आर. वासुमतिले त्यो कार्यक्रमलाई प्रत्यक्ष प्रसारण गर्न नसकेको आरोप छ। 

भारतको सार्वजनिक प्रसारण एजेन्सी प्रसार भारतीको तर्फबाट अक्टोबर १ मा जारी गरिएको आधिकारिक आदेशमा निलम्बनको कुनै कारण बताइएको छैन। चेन्नईमा दूरदर्शन केन्द्रका सहायक निर्देशक (कार्यक्रम) आर. वासुमतिलाई सम्बन्धित नियमअनुसार तत्काल प्रभावबाट निलम्बित गरिएको छ– आदेशमा भनिएको छ।

‘न्यूज मिनट’ले प्रसार भारतीको एक सूत्रलाई जनाउँदै वासुमतिले जानीजानी नरेन्द्र मोदीको भाषणको प्रत्यक्ष प्रसारण नगरेको जनाएको छ। वेबसाइटले लेखेको छ, ‘प्रत्यक्ष प्रसारण गर्ने  स्पष्ट निर्देशन आए उनले भाषणको प्रत्यक्ष प्रसारण नगरेका हुन्।’

प्रधानमन्त्रीले ‘इण्डिया सिंगापुर ह्याकाथन’२०१९ र मद्रास आईआईटीको ५६ औँ दीक्षान्त समारोहलाई सम्बोधन गरेको थियो। दूरदर्शनका एक अधिकारीले भने डीडी पोडिगईका कर्मचारीहरुलाई प्रधानमन्त्री मोदीको भाषण प्रत्यक्ष प्रसारण गर्ने अनुमति नपाएको बताए। 
 

कमेन्ट लोड गर्नुस