सुदूर नेपाललाई विश्वसँग जोड्दै

५ लाख घुससहित ओभरसियर पक्राउ

२०७६ असोज १५, ०६:१३ खबर संवाददाता

५ लाख रुपैयाँ घुससहित एक जना ओभरसियर पक्राउ परेका छन्। लायन्स इन्जिनियरिङ कन्स्ट्रक्सन एण्ड कन्सल्टेन्सी प्रा.लि.काठमाडौं टोखाका ओभरसियर प्रशान्त चौधरीलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेको हो।

टोखा नगरपालिकाले भवन निर्माण सम्पन्न गरेको प्रमाण–पत्र उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा टङ्गालबाट खटेको अख्तियारको कार्यालय परिसरबाटै उनलाई मंगलबार पक्राउ गरिएको आयोगले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस