सुदूर नेपाललाई विश्वसँग जोड्दै

जंगली च्याउ खाएर एकै परिवारका ७ जना बिरामी

२०७६ असोज १५, ११:११ खबर संवाददाता

जंगली च्याउ खाएर सर्लाहीमा एकै घरका ७ जना विरामी भएका छन्। मंगलबार दिउंसो जंगली च्याउ पकाएर खाँदा सर्लाहीको ईश्वरपुर नगरपालिका–१ शंकरगञ्ज गाउंका ६० वर्षका राजन सिंह दनुवार, उनकी श्रीमती ३५ वर्षीया चन्दा सिंह दनुवार, छोराहरु २७ वर्षीय राकेश सिंह दनुवार, २५ वर्षीय राजेश सिंह दनुवार, छोरी १५ वर्षीया पुनिताकुमारी सिंह दनुवार, भाइ ३७ वर्षका रमेश सिंह दनुवार, उनकी छोरी १० वर्षीया सोनीकुमारी सिंह दनुवार र छोरा ८ वर्षीय जेयान सिंह दनुवार बिरामी परेका हुन् बताइएको छ।

उनीहरुको अमृत हेल्थ केयर बयलवासमा सामान्य उपचार गरी थप उपचारको लगि राति नै जनकपुर पठाएको अस्पतालले जनाएको छ। जंगली च्याउ खाएपछि उनीहरुलाई रिंगटा लाग्ने, वाकवाकी लाग्ने भएको थियो। तीन दिन अघि पनि त्यही गाउँमा जंगली च्याउ खाँदा एकै परिवारका १२ जना बिरामी परेका थिए।

कमेन्ट लोड गर्नुस