सुदूर नेपाललाई विश्वसँग जोड्दै

चाडपर्वको वेला हुने दुर्घटना कम गर्न सीडीओ नै सहचालक

२०७६ असोज १२, ०२:१६ खबर संवाददाता

चाडपर्वको वेला हुने दुर्घटना न्युनीकरण गर्न प्रमुख जिल्ला अधिकारी नै सहचालक बनेका छन्। गुल्मीबाट छुट्ने सवारी चालक र यात्रुलाई फूलमाला लगाएर बिदाई गर्ने क्रममा गुल्मीका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेल सहचालक बनेका हुन्। तम्घासबाट बुटवलका लागि छुट्ने लु २ ख ५७९ नम्बरको बसमा सीडीओ पौडेल आफैैंले ढोकामा बसेर यात्रु चढाएर सुरक्षित यात्राको शुभकामना दिए।

आइतबार जिल्ला प्रहरी कार्यालय गुल्मी र जिल्ला ट्राफिक कार्यालय गुल्मीले दुर्घटना न्यूनीकरण गर्नको लागि सुरु गरेको कार्यक्रममा तम्घासबाट बुटवलका लागि छुट्ने बसका चालक, सहचालक र एकजना यात्रुलाई फूलमालाले सम्मान गरेर सुरक्षित यात्राको शुभकामना दिएर बिदाई गरिएको थियो। चाडपर्वको बेला हर्ष उल्लासले यात्रा गर्ने बेलामा दुर्घटना नहोस् भन्ने सन्देश दिन चालक, सहचालक र यात्रुलाई जिम्मेवार बनाउन कार्यक्रम सुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस