ऐतिहासिक अमरगढी किल्ला संरक्षणको अभावमा जीर्ण
विश्व पर्यटन दिवस
ललित बोहरा-हामी अहिले सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० को संघारमा छौ। तर नेपाल सरकारले नै घोषणा गरेको एक सय पर्यटकिय गन्तव्य मध्यको अमरगढी किल्ला भने पछिल्लो समयमा झनझन जिर्ण बन्दै गएको छ।
लामो समयदेखि नेपाली सेनाले संरक्षण गर्दै आएको किल्लाबाट नेपाली सेनालाई व्यारेक फिर्ता बोलाएपछि सशस्त्र प्रहरीको जिम्मा लगाएको केही महिनामा उसले व्यारेक नै सारेपछि संरक्षण अभावले जिर्ण भएको हो।
पुनर्निर्माणका लागि पुरातत्व विभागबाट अमरगढी किल्लाका लागि २५ लाख रुपैयाँ आएको थियो। तर त्यस बजेटबाट किल्लाको मर्मत गर्नुको साटो बाहिरी सजावट गर्ने काम मात्र भएको छ। अहिले सबै जिम्मबारी पाएको अमरगढी किल्ला विकास समितीले पनि चासो नदिएको देखिन्छ।
अमरगढी किल्लाको परिचय
सुुदूरपश्चिम प्रदेशको सात पहाडी जिल्लाको केन्द्रबिन्दुमा रहेको डडेल्धुरा सदरमुकामको अगरगढी नगरपालिका– ५ खलंगामा अवस्थित अमरगढी किल्लाको आफ्नै इतिहास रहेको छ। समुद्री सतहबाट किल्लाको उचाई लगभग ६ हजार ५ सय फिट रहेको छ। बडाकाजी अमरसिंह थापाद्धारा निर्मित यो किल्लामा ठूल–ठूला ढुङगा प्रयोग गरिएकाले यो किल्ला निकै कलात्मक छ।
पृथ्वीनारायण शाहपछि उनका छोरा बहादुर शाहले नेपाल एकीकरणको नेतृत्व गरेका थिए। रणबहादुर शाहको शासनकालमा बहादुर शाहकै नेतृत्वमा नेपालको सीमाना सुरुमा कुमाउ गढवालसम्म पुगेको थियो।
एकीकरणको अभियान बेला विस १९४७ भदौ ३१ गते सेती नदीको नारीदाङ भन्ने स्थानमा गोरखाली फौजले डोटेली फौज बिच घमासान युद्ध भयो। डोटेली फौजलाई हराएपछि कर्णाली र पश्चिमी भूभागमा युद्ध गर्न अमरसिंह थापा प्रथम प्रशासक नियुक्त भएका थिए।
तिनै अमरसिंह थापाले आफू नियुक्त भएपछी यस क्षेत्रको संरक्षण तथा महाकाली पारी पश्चिम काकँडासम्म विजय अभियानलाई जारी राख्न यो किल्ला निमार्ण गर्न लगाएका थिए।
त्यसैले यो अमरगढी किल्लाको रुपमा परिचित छ। १९४७ मा निमार्ण भएको यही किल्लालाई आधार बनाएर गोरखाली फौजले युद्ध लडेको थियो। काँकडा र कुमाउको अलमोडामा नेपालको हार भएपश्चात यो क्षेत्रको सदरमुकाम दीपायल सिलगढी सरेको बताइन्छ।
बडाकाजी अमरससिंह थापाद्धारा निर्मित यो किल्ला विशाल ढुङगाले कलात्मक तरिकाले बनाइएको र किल्ला भित्र युद्ध गर्नको सैनिकहरुका लागी २२ वटा गुफाहरु बनाइएको छ। त्यस्तै युद्ध छल्न तथा सफलताका लागी सस्रनिरोध गर्ने मार्ग निमार्ण गरिएको छ।
आजभोली भएका किल्लाको माथिल्लो भागका ठूला–ठूला रुखहरुले किल्लाकै ऐतिहासिक गौरव अझैँ झल्कीन्छ भने किल्लाको बिच भागका रहेको भैरवको मन्दिरले धार्मीक महत्व पनि झल्काउँछ।
नेपाल एकीकरणका बेला बडाकाजी अमरसिंह थापाले डोटेली राज्यको डडेल्धुरालाई आधारक्षेत्र बनाई कुमाउ गडवालसम्म युद्ध लड्नका लागि यसै अमरगढी किल्लालाई मुख्य आधार मानेर निर्माण गरिएको स्थानीय ६५ वर्षीय उमा श्रेष्ठले बताईन्।
समय बित्दै जादा पछि वि.सं २०२० तिर यो किल्लामा गोरख दल बसेर हेरचाह गर्ने गरेको समेत उनले बताइन्। उनले भनिन्, ‘आर्मी बसेको बेला सरसफाई देखि किल्लाको हेरचाहा तथा महत्व बढी थियो अहिले आउछन् जान्छ समितीले मतलब गर्दैन जिर्ण हुर्दै गयो कसलाई के भन्ने।’
को संग छन् अमरगढी किल्लाका पुराना हातहतियार ?
स्थानीयका अनुसार सुदरपश्चिमकै ऐतिहासिक तथा देशको गरिमा बोकेको डडेल्धुरा सदरमुकामस्थित अमरगढी किल्लामा रहेका ऐतिहासिक हतियार अहिले किल्लामा छैनन्। बडाकाजी अमरसिंह थापाले विसं. १८४७ मा स्थापना गरेको अमरगढी किल्लामा नेपाल एकीकरणको समयमा प्रयोग गरिएका ऐतिहासिक तथा पुराना हातहतियार किल्लाभित्र भेटिँदैनन्।
आफूहरुले तोप, बन्दुक, घरेलु भाला, गोला लगायतका ऐतिहासिक हतियार देखेको तर पछि ती हतीयारहरु गायव भएको स्थानीय बताउँछन्। ‘पहिले सानो छँदा किल्ला भित्र आफूहरुले तोप, बन्दुक, घरेलु भाला, गोला लगायतका हातहतिया देखेको थिएँ’ स्थानीय भक्त नगरकोटीले भने ‘तर अहिले आएर ती हतियारहरु देखिदैनन्।’
हतियार बेपत्ता हुनुमा सम्बन्धित निकायको उदासिनता जिम्मेवार रहेको आरोप स्थानीयको छ। सम्बन्धित निकायले ध्यान नदिँदा किल्लाभित्रका हतियार बेपत्ता भएकाले किल्लाको महत्व घटेको स्थानीयको भनाइ छ। नेपालका जीवित किल्लामध्येको पहिलो किल्ला अमरगढी किल्ला रहेको डडेल्धुरा बहुमुखी क्याम्पसका उपप्रध्यापक पुष्पराज जोशीको भनाई छ।
नेपालको अमरगढी किल्ला र सिन्धुलीगढी किल्ला मात्रै हालसम्म जीवित किल्ला रहेको पुरातत्त्व विभाले जनाएको छ। डडेल्धुराको सदरमुकाममा रहेको एतिहासिक किल्लाभित्र तत्कालीन डोटेली फौजले अंग्रेजसँग लड्दा प्रयोग गरेका तोप, बन्दुक, घरेलु भाला लगायतका ऐतिहासिक हतियार र सैनिक पोसाक नहुँदा किल्लाको महत्वसमेत घटेको छ।
युद्ध लड्दा प्रयोग भएका घरेलु हातहतियार, बन्दुकलगायत अन्य हतियार रहेको र त्यसबेला प्रत्येक वर्ष दसैँको फूलपातीको दिनमा किल्लामा रहेका राजा तथा रानी तोप लगेर टँुडिखेलमा पड्काउने गरेको स्थानीय ६५ वर्षीय बृद्ध उमा श्रेष्ठले बताईन्।
‘त्यसबेला किल्लामा गार्खादल नामको तत्कालीन शाही सेना बस्ने गरेका थिएँ।’उनले भनिन्–‘पछि उनीहरुले किल्लाभित्र रहेका हतियार सरुवा भएर जाँदासँगै लगेर गए।’ त्यसपछि यस किल्लामा कुनै सैनिक टुकडीले ती हतियार नल्याएको समेत श्रेष्ठको भनाइ छ।
किल्लामा त्यसबेला पाँचवटा तोप, दर्जनौँ घरेलु हतियार, सय जती बन्दुक, किल्लाभित्र नै बम गोला बारुद बनाउने छट्टै घर र अन्य युद्ध सामाग्री रहेको तर अहिले किल्ला हेर्न आउने पर्यटयकले ती कुनै पनि हतियार देख्न पाउँदैनन्।
किल्ला जीर्ण बन्दै
किल्ला पछिल्लो समयमा संरक्षणको अभावले जीर्ण भन्दै भएको छ। डडेल्धुराको अमरगढी नगरपालिका यसै अमरगढी किल्लाको नामबाट २०५४ सालमा स्थापना भएको थियो। नगरपालिका स्थापना पश्चात २०५६ सालमा नगरपालिकाले किल्लालाई आफ्नो मतहतमा लिएको थियो।
तर, २०५८ सालमा तत्कालीन विद्रोही माओवादी युद्धका कारण जिल्लालाई सुरक्षा दिन अमरगढी किल्लामा पुन नेपाली सेनाले आफ्नो मातहतमा लिएपछि किल्लामा पर्यटकले प्रवेश गर्नुभन्दा पनि त्यस क्षेत्रमा हिँडडुलमा समेत प्रतिबन्ध लगाइएको थियो। त्यस समयमा पूर्वप्रधानमन्त्री तथा नेकपा अध्यक्ष पुष्पकमल दाहालले समेत किल्ला अवलोकन गर्ने पाएका थिएनन्।
२०५८ सालदेखि २०६६ सालसम्म किल्ला सेनाको मतहतमै थियो। स्थानीयको पटक–पकटको प्रयासपछि २०६६ साल पुषदेखि पुन किल्लालाई अमरगढी नगरपालिकालाई रेखदेख गर्ने र सञ्चालन गर्ने जिम्मा अमरगढी नगरपालिकाले पाएको हो।
त्यसपछि पनि किल्लामा निर्धकताका साथ पर्यटक जाने वातावरण भने निर्माण हुन नसक्दा पर्यटकको संख्या अत्यन्त न्यून रहेको थियो। पर्यटकलाई प्रवेश खुला गराए पनि फोटो खिच्न भने २०६९ सालबाट मात्रै स्वीकृति पाएको हो।
अहिले किल्ला जिर्ण बन्दै गएको छ।
मर्मत सम्भारका लागी बजेट विनियोजन भएता पनि पुरात्वतीक विभागले खासै चासो नदीएकाले मर्मत गर्दा सिमेन्ट प्रयोग भएकाले पुरानो संरचनामा बिग्रएको छ। पुरानो गुफा भत्कीने अवस्थामा छ भने बडाकाजिले बस्ने घर भत्कीएर त्यसलाई सम्बद्र्धन नगरी त्यमा टिनको नयाँ छाप्रो बनाइएको छ।
किल्लाको प्रचारप्रसार तथा ऐतिहासिक हातहतियार तथा तत्कालीन सैनिकका पोशाक किल्लामा राख्नु जरुरी रहेको स्थानीय जानकार नरेशबहादुर थापाको भनाई छ।‘ती पुराना हातहतियार कहाँ छन? कसैलाई थाहा छैन्’ थापा भन्छन् ‘यसमा पुरात्वतीक विभाग तथा स्थानीय सरकारले चासो देखाउनु पर्छ।’
किल्ला हेर्नको लागि स्थानीय विद्यालय बाहेक अरु केही नपाउने गरेको उनी बताउँछन्। यस किल्लालाई संरक्षण गरेर सबै ठाउँमा प्रचारप्रसार गरेर पर्यटकहरु भित्र्याउन सकिने उनको भनाई छ। ‘सात पहाडी जिल्लाको केन्द्र बिन्दु डडेल्धुरामा रहेको अमरगढी किल्ला यस प्रदेशकै पर्यटकीय गन्तव्य हो।’
स्थानीय पर्यटन विकासकर्मी गणेश थापा मगरले भने, ‘नेपालमा अगरगढी जस्तो जिवित किल्लाहरु अहिले पाइदैन्। यो किल्लाको लामो इतिहास छ।’ उनले किल्लाको विकासका लागि पुरातत्व विभाग र स्थानीय प्रशासनले ध्यान दिनु पर्ने बताए।
किल्ला अवलोकन गर्ने पर्यटकका लागि हाल भने खासै अवलोकन गर्ने वस्तु नहुँदा अवलोकन गर्न पर्यटकको संख्या न्यून रहेको छ। पछिल्लो समय यहाँ छिमेकी जिल्ला बैतडी, दार्चुला, डोटी, बझाङका साथै कैलाली, कञ्चनपुरबाट समेत पर्यटक आउँछन्।
सुदूरपश्चिम प्रदेशका विभिन्न विद्यालय र कलेजले विद्यार्थीलाई अमरगढी किल्ला घुमाउन ल्याउँछन्। तर किल्लामा पर्खाल मात्र देख्न पाएकोमा उनिहरु मन खिन्न बनाएर फर्किन्छन। सुदूरपश्चिमकै ऐतिहासिक तथा मुख्य पर्यटकीय स्थल अमरगढी किल्लामा रहेको भए पनि नगरपालिकाले तथा पर्यटन विकास बोर्डको खासै चासो नदेखाएका कारण यसको प्रचारप्रसारमा हुन नसकेको स्थानीले आरोप लगाएका छन्।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै अमरगढी नगरपालिकाले नगरभित्रका मुख्य पर्यटकीय स्थलको प्रचास प्रशासरका लागि ४ लाख ५० हजार बजेट विनियोजन गरेको अमरगढी नगरपालिका प्रमुख विशेश्वरप्रशाद ओझाले बताए। उनले भने, ‘नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्ने लागि परेका छौ। यस नगरभित्रका मुख्य पर्यटकीय स्थल घटाल स्थान र अमरगढी किल्लाको प्रचारका लागि यो आर्थिक बर्षमा ४ लाख ५० हजार बजेट छ।’