बैतडीको एक वडा कार्यालयमा तालाबन्दी
२०८१ मंसिर ५, ०५:१३
बैतडीः बैतडीको एक वडा कार्यालयमा तालाबन्दी गरिएको छ।
जिल्लाको मेलौली नगरपालिकां–३ को कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका छन्। आधारभुत स्वास्थ्य केन्द्र सबैको पायक पर्ने ठाँउमा हुनुपर्ने माग राख्दै वडा कार्यालयमा स्थानीयले तालाबन्दी गरेका हुन।
अहिले वडा नम्बर–३ को कुजागाडमा बर्थिङ सेन्टरबाट सेवा सञ्चालनमा रहेको छ। सोही ठाउँमा आधारभूत स्वास्थ्य केन्द्र लैजान खोजेको स्थानीयहरुको आरोप रहेको छ। तर वडा अध्यक्ष गगनसिं भाटलाई बुझ्न खोज्दा उनले फोन उठाएनन्।
कमेन्ट लोड गर्नुस