सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वडा अध्यक्षमाथि कुटपिट गर्ने सदस्य पक्राउ

२०७६ असोज ८, ०३:४८ खबर संवाददाता

कैलालीमा वडा अध्यक्षमाथि कुटपिट गर्ने सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। जानकी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष खकेन्द्र भण्डारीमाथि कुटपिट गर्ने सोही वडाका सदस्य विजय बहादुर रावललाई पक्राउ गरिएको हो।

प्रहरी चौकी अम्रावतीले सदस्य रावललाई वडा नम्बर ९ को कटासे बजारबाट पक्राउ गरिएको जनाएको छ। ‘वडा अध्यक्षले दिएको जाहेरीका आधारमा रावललाई कटासे बजारबाट केही बेर अघि पक्राउ गरी चौकीमा ल्याईरहेका छौँ।’ अम्रावती प्रहरी चौकीका एक अधिकारीले दिनेश खबरलाई भने।

ईलाका प्रहरी कार्यालय टीकापुरले भने रावललाई पक्राउ गर्न यसअघि नै प्रहरी टोली खटाईसकेको जनाएको थियो। गत असोज ५ गते जानकी गाउँपालिकाको वडा नम्बर ९ मै रहेको राष्ट्रिय माध्यमिक विद्यालय पाताबारको विद्यालय व्यवस्थापन समिति गठनका क्रममा विवाद भएपछि रावलले वडा अध्यक्ष भण्डारीमाथि कुटपिट गरेका थिए।

व्यवस्थापन समितिको अध्यक्षमा निकटका व्यक्तिलाई भर्ना गर्न खोज्दा विरोध जनाएपछि आफूमाथि रावलले कुटपिट गरेको अध्यक्ष भण्डारीको आरोप रहेको छ। भण्डारीले मंगलबार मात्र ईलाका प्रहरी कार्यालय टीकापुरमा रावल विरुद्ध सार्वजनिक मुद्दा दर्ता गरेका थिए। उनीहरु दुवैजना तत्कालीन नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन्। 

कैलालीमा वडा सदस्यबाट अध्यक्ष कुटिए

कमेन्ट लोड गर्नुस