सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा वडा सदस्यबाट अध्यक्ष कुटिए

२०७६ असोज ८, ०२:२० खबर संवाददाता

कैलालीमा वडा सदस्यबाट वडा अध्यक्ष कुटिएका छन्। जिल्लाको जानकी गाउँपालिका वडा नम्बर ९ का अध्यक्ष खकेन्द्र भण्डारीमाथि वडा सदस्य विजय बहादुर रावलले कुटपिट गरेका हुन्।

वडा अध्यक्ष भण्डारीले राष्ट्रिय माध्यमिक विद्यालय पाताबारको विद्यालय व्यवस्थापन समिति गठनका क्रममा प्रचलित कानून मिचेर निकटका व्यक्तिलाई अध्यक्षमा भर्ना गर्दा विरोध गरेको भन्दै आफूमाथि रावलले कुटपिट गरेको बताए।

उनले असोज ५ गते विद्यालय परिसरमै आफूमाथि रावलले कुटपिट गरेपछि ईलाका प्रहरी कार्यालय टीकापुरमा सार्वजनीक मुद्दा दर्ता गरिएको बताए तर प्रहरीले अहिले सम्म रावललाई पक्राउ नगरेको आरोप भण्डारीले लगाएका छन्।

अम्रावती प्रहरी चौकीमा ५ गते साँझ नै कुटपिट गर्ने रावल विरुद्ध ठाडो निवेदन दिईएको र ईलाका प्रहरी कार्यालय टीकापुरमा मंगलबार मुद्दा दर्ता गरेपनि प्रहरीले रावललाई अहिले सम्म पक्राउ नगरेको भण्डारीले बताए।

सदस्य रावलले स्थानीय प्रकाश विकलाई प्रचलित कानून मिचेर विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाउन खोज्दा आफूले ऐन कानून मिच्न नपाईने भन्दा उल्टै कुटपिट गरिएको आरोप लगाएका छन्। कुटपिटबाट मुखमा सामान्य चोट लागेको भण्डारीले बताए।

भण्डारीले कनून अनुसार विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्नका लागि अनिवार्य रुपमा सोही विद्यालयमा छोराछोरी पढेको हुनुपर्ने भएपनि विकको श्रीमती अध्ययन गर्ने भन्दै अध्यक्ष बनाउन खोजिएको आरोप लगाए। यस विषयमा वडा सदस्य रावलसंग बुझ्न खोज्दा उनको फोन उठेन्। 

यता ईलाका प्रहरी कार्यालय टीकापुरले भने मुद्दा दर्ता भएको पुष्टि गरेको छ। ईप्रकाका प्रहरी निरिक्षक हेमराज भट्टले वडा अध्यक्षमाथि कुटपिट गर्ने सदस्यको खोजी भईरहेको जानकारी दिए। 

कमेन्ट लोड गर्नुस