सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाल विकास शिक्षकको गुनासो : ‘६ हजारले नुन खान पुग्दैन’

२०७६ असोज ८, ०३:१८ खबर संवाददाता

कञ्चनपुरका सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक आन्दोलित भएका छन्। तलब बृद्धिको माग गर्दै बाल विकास शिक्षक आन्दोलित भएका हुन्। सरकारले चालु आर्थिक बर्ष २०७६÷०७७ मा अन्य सरकारी कर्मचारी र शिक्षकको तलब बढाएपनि आफुहरुको तलब बृद्धि नगरेको भन्दै जिल्लाको भीमदत्त नगरपालिकाका बालविकास  शिक्षिक आन्दोलीत भएका हुन्।

उनीहरुले भीमदत्त नगरपालिकामा प्रर्दशन गर्दै आफ्ना माग सम्बोधन लागि दवाव दिएका छन्। आफूहरुमाथि श्रम शोषण हुँदा समेत दुई तिहाईको सरकार मौन बसेको उनीहरुको आरोप रहेको छ। नेपाल बाल विकास शिक्षक संघर्ष समिति भीमदत्त नगरका अध्यक्ष दुर्गा विष्टले देशमा तीन तहका सरकार हुँदा पनि कुनैपनि सरकारले आफुहरुको पीडा नबुझेको गुनासो गरिन्। उनले नजिकको सरकार भीमदत्त नगरपालिका भएकाले माग सुनवाईका लागि दबाब दिन प्रर्दशन गरिएको बताईन्।

अहिले पाउने छ हजार तलबले मासिक नुन खान समेत नपुग्ने उनले दुःखेसो छ। नेपाल बाल विकास शिक्षक संघर्ष समिति कञ्चनपुरका सचिव लक्ष्मी पाण्डेयले पारिश्रमिक बृद्धिका लागि पटक पटक स्थानीय, प्रदेश र संघीय सरकारलाई ज्ञापन पत्र, छलफल, भेटघाट गर्दा पनि आफुहरुको माग सम्बोधन गर्न तदारुकता नदेखाएको गुनासो गरिन्। ‘हाम्रो पारिश्रमिक भन्न पनि लाज लाग्छ, ‘उनले भनिन, ‘अहिले ६ हजारले के नै हुन्छ ?’ भोट माग्ने बेला यिनै नेताहरुले तपाईको व्यवस्थापन गर्छु भने, अहिले देशका कम्युनिष्ट सरकार छ, जो निमुखा र गरिब वर्गको हितमा काम गर्छु भन्छ, त्यही सरकारले हामी जस्ता निमुखा कर्मचारीका माग सुनेको छैन्।’  

श्रम शोषण गरिरहेको बताउदै उनले सरकारप्रति आक्रोश पोखिन। कुनै प्रदेश र स्थानीय तहले समेत आफ्नै स्रोतबाट बालविकासका शिक्षकलाई तलब थप गरेकोले भीमदत्त नगरपालिकाले त्यस्तै गर्नुपर्ने उनको माग छ। नेपाल बाल विकास शिक्षक संघर्ष समिति प्रदेशका उपाध्यक्ष रमा उपाध्यायले सरकारले बाल विकासका शिक्षक एव्म विद्यालय कर्मचारीको पीडा नबुझिदिदा समस्या भएको बताईन्।

‘काम गर्दा गर्दै जिन्दगी नै वित्न लाग्यो, हाम्रो पीडा उस्तै छ, ‘उनले भनिन, ‘कम्युनिष्ट सरकारले हाम्रो पीडा बुझिदिएन्।’ केन्द्रमा समेत पटक पटक माग राख्दा समेत सरकार उच्च पदाधिकारीले माग बारे सम्बोधन गर्ने भन्दै आवश्वासन मात्रै दिने गरेको उनीहरुले बताए। तलब बृद्धि नगरेर चरणबद्ध आन्दोलनमा उत्रिने उनीहरुले चेतावनी दिएका छन् । देशभरी ३६ हजार बाल विकासका शिक्षका रहेको भन्दै उपाध्यायले कर्तव्य निर्वाह गर्दा गर्दै पनि सरकारले पीडा नै नबुझिदिएको गुनासो गरिन्।

श्रमका आधारमा पनि निजामती कर्मचारी जस्तै विद्यालयमा काम गर्दै आएका बाल विकासका शिक्षकको बृद्धि विकासका लागि सरकारले रतीभर नसोचेको बताए। अन्य निजी क्षेत्र लगायतको तलबको तुलनामा सरकारी शिक्षिकाको तलबले सरकारकै लागि लाजमर्दो विषय भएपनि सरकारले पचाएर बसेको उनको भनाई छ। देशभरीका बाल विकासका कर्मचारीले पाउने तलबको दशौँ गुना रकम भ्रष्टाचार भईरहेको भन्दै उनीहरुले आफुहरुको पारिश्रमिक बृद्धिका लागि सरकारले कन्ज्युस्यायी गरेको टिप्पणी गरेका छन्।

भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरी प्रसाद जोशीले बाल विकासका शिक्षकको माथिबाट तलब बृद्धिको परिपत्र नआएकाले साविक तलब अनुसारै चालु आर्थिक बर्षको चौमासिक तलब निकासा गरिएको बताए। ‘बाल विकासका शिक्षिकको तलब बृद्धि सरकारले गर्नुपर्ने हो, ‘उनले भने, ‘नगरपालिकाले होईन्।’ बाल विकासका शिक्षकले न्यूनतम मासिक १८ हजार तलबको माग राखेका छन्। सरकारले गत आर्थिक बर्षदेखि बाल विकासका शिक्षकालाई लुगा र प्रदेश सरकारले प्रोत्साहन भत्ता वापत बार्षिक १०÷१० हजार रकम दिदै आएको छ।   
 

कमेन्ट लोड गर्नुस