सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनपिएल क्रिकेटः सुदूरपश्चिमले टस जितेपछि पोखरा ब्याटिङ गर्दै

२०८३ कार्तिक ११, ०५:१६ रासस

काठमाडौँ: राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सले टस जितेको छ। 

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भर्खरै भएको टसमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला बलिङ रोजेका छन्। दुवै टोली पहिलो जितको खोजीमा छन्। प्रतियोगितामा सुदूरपश्चिमको दोस्रो खेल खेल्दा पोखराको भने पहिलो खेल हो। 

यसअघि सुदूरपश्चिम आफ्नो पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो। 

कमेन्ट लोड गर्नुस