सुदूर नेपाललाई विश्वसँग जोड्दै

यमनमा हवाइ आक्रमण

२०७६ असोज ३, ०३:३२ खबर संवाददाता

साउदी अरेबियाको नेतृत्वमा रहेको गठबन्धन सेनाले यमनको  ‘लाल सागर’ बन्दरगाह शहर होडेडाको चारवटा क्षेत्रलाई लक्षित गरी हवाई कारबाही गरेको छ। शुक्रबार बिहान यमनी हुथी विद्रोहीहरूलाई लक्ष्य गरी उक्त कारबाही भएको बताइएको छ। 

साउदी गठबन्धनका प्रवक्ता तुर्की अल–मलिकीको भनाई उद्धृत गर्दै होडेडामा रहेका हुथी आतङ्ककारी विरुद्ध यो कारबाही भएको साउदी प्रेस एजेन्सी जारी विज्ञप्तिमा जनाइएको छ। यसैबीच, हुथी समूहले उनीहरूको टेलिभिजन च्यानल अल मसिराहमार्फत यस हवाइ हमलाले संयुक्त राष्ट्र संघीइ नेतृत्वमा भएको युद्धविराम सम्झौताको उल्लङ्घन भएको बताएका छन्।

इरानको सहयोग रहेका हुथी विद्रोहीविरुद्ध साउदी अरेबियाले यमनमा चार वर्षभन्दा बढी समयदेखि हवाइ आक्रमण जारी राखेको छ। साउदी अरबले अन्तर्रा्ष्ट्रिय मान्यता प्राप्त सरकार र यमनका राष्ट्रपति अब्दरब्बू मन्सूर हादीको समर्थनमा चार वर्षभन्दा बढी समयदेखि हुथी विद्रोहीविरुद्ध हवाइ आक्रमण जारी राखेको छ।

गत शनिबार साउदी अरबका दुई तेल उत्पादन तथा प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएको थियो। उक्त ड्रोन आक्रमणको जिम्मा हुथी समूहले लिएको थियो। 
 

कमेन्ट लोड गर्नुस