सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिमी र मनसुनी वायुको आंशिक प्रभाव कायमै, आज यी भूभागमा वर्षाको सम्भावना

२०८३ असोज २८, ०७:१५ खबर संवाददाता

काठमाडौँ: हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसको प्रभावले हाल देशका हिमाली भूभागमा आंशिक बादल लागेको छ। देशका पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो देशको हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। देशका हिमाली भूभागका साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। 

आज राति देशको हिमाली भूभागमा आंशिक बादल लाग्ने तथा पहाडी र तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

कमेन्ट लोड गर्नुस