सुदूर नेपाललाई विश्वसँग जोड्दै

साढे ५ हजार एम्पुल लागूऔषधसहित ७ जना पक्राउ

। फोटो स्रोत ।
२०७६ असोज २, ०३:३४ खबर संवाददाता

साढे ५ हजार एम्पुल लागूऔषधसहित प्रहरीले ७ जनालाई पक्राउ गरेको छ। काठमाडौंको शान्तिनगर र गोकर्णेश्वरबाट लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले ५ हजार ५२६ एम्पुल नियन्त्रित मनोद्विप पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो।

भारतको ग्रीन पेलेस डुमरवाना –२० बैरगनीयाका ३७ वर्षीय राजा कुणा, बेल बैरगनीया–२० का ३२ वर्षीय राजेशकुमार जयसवाल र अशोगी–४ पुरुषोत्तमपुर का ३७ वर्षीय अभिषेककुमार जयसवाललाई बुधबार काठमाडौं महानगरपालिका –३१ शान्तिनगरबाट भारतीय नम्बर प्लेटको बीआर ३० ८६०७ नम्बरको स्कारपियो गाडीसहित ब्युरोको टोलीले पक्राउ गरेको जनाइएको छ।

उनीहरुको साथबाट चामल र पिठोमा लुकाइ राखेको १०४७ एम्पुल डाइजेपाम, १०३७ एम्पुल नुफिर्न र १०४२ एम्पुल फेनार्गन गरी ३१२६ एम्पुल मनोद्विपक पदार्थ बरामद गरेको छ। पक्राउ परेका सातैजनालाई लागूऔषध नियन्त्रण ऐन, ०३३ बमोजिम मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिसकेको ब्यूरोले जनाएको छ।

कमेन्ट लोड गर्नुस