सुदूर नेपाललाई विश्वसँग जोड्दै

ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट

२०७६ असोज १, ०५:०८ खबर संवाददाता

नेपाल वायु सेवा निगमले ज्येष्ठ  नागरिकका लागि आन्तरिक उडानमा छुट दिन थालेको छ। निगमले ७० वर्ष नाघेका ज्येष्ठ  नेपाली नागरिकका लागि असोज १ गतेदेखि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिन थालेको हो। निगमका सह–प्रवक्ता सुलेख मिश्रका अनुसार ज्येष्ठ  नागरिकले ७० वर्ष पुगेको प्रमाणित कागजात उपलब्ध गराएपछि निगमले ५० प्रतिशतको छुटको टिकट उपलब्ध गराउनेछ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले घोषणा गरेका कार्यक्रमहरुमध्ये ज्येष्ठ नागरिकलाई आन्तरिक उडानमा ५० प्रतिशत छुट दिने उल्लेख थियो। नेपाल वायु सेवा निगमले क्यान्सर पीडित बिरामीहरुलाई पनि निःशुल्क र छुटको टिकट उपलब्ध गराउँदै आएको छ।

 

कमेन्ट लोड गर्नुस