सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर विद्युत प्राधिकरण महेन्द्रनगरका कर्मचारीको मृत्यु,परिवारलाई क्षतीपुर्ती

। फोटो स्रोत ।
२०७६ भदौ ३१, ०८:२३ खबर संवाददाता

धनुषामा करेन्ट लागेर विद्युतका कर्मचारीको मृत्यु भएको छ। बिजुलीको ११ हजार भोल्टको तारमा करेन्ट लागेर विद्युत प्राधिकरण सखुवा महेन्द्रनगरका सवारीचालक धनुषाको बटेश्वर गाउँपालिका ४ का ४० वर्षीय विष्णु महतोको मेत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार सोमबार दिउँसो धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१, रमदैया भवाडी स्थित बिग्रेको ट्रान्सफारम मर्मत गर्न गएको बेला गाडीबाट सिँढी निकाल्ने क्रममा एघार हजार भोल्टको तारमा छोइएर महतोलाई करेन्ट लागेको थियो।  करेन्ट लागेर गम्भीर घाइते महतोलाई नजिकै रहेको जानकी मेडिकल कलेज रमदैया भवाडीमा उपचारका लागि लैजाने क्रममा बाटोमै उनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

यस्तै सवारीचालक महतोको मृत्युपछि विद्युत प्राधिकरण र मृतकका परिवचारबीच क्षतिपूर्ति दिने सम्झौता भएको छ। मृतक परिवारलाई ५ लाख रुपैयाँ र परिवारका एक जना सदस्यलाई रोजगारी दिने सम्झौता भएको बताइएको छ। तत्काल क्रिया खर्चका लागि प्राधिकरणले १५ हजार रुपैयाँ मृतकका काका रामविलास महतोलाई उपलब्ध गराएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस