सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रहरीको सुरक्षामा रहेका ज्ञानेन्द्र शाही छुटे

२०७६ भदौ २९, ०३:१२ खबर संवाददाता

प्रहरीको सुरक्षामा रहेका ज्ञानेन्द्र शाही छुटेका छन्। ललितपुरको पुल्चोकमा शाहीले आयोजना गरेको पत्रकार सम्मेलनमा विवाद उत्पन्न भएपछि प्रहरीले उनलाई सुरक्षा दिएको थियो। उनलाई सुरक्षाका लागि एकछिन नियन्त्रणमा लिएर छोडिएको ललितपुर प्रहरीले जनाएको छ।

पत्रकार सम्मेलनमा विवाद चर्किने देखिएपछि सुरक्षाका लागि एकछिन परिसरमा राखेर छाडिएको प्रहरीले जनाएको छ। शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईका कारण विमान उडान ढिलो भएको भन्दै शाहीले विरोध जनाएका थिए। उनले यही विषयमा पत्रकार सम्मेलन गर्दा विवाद भएको थियो।
 

कमेन्ट लोड गर्नुस