सुदूर नेपाललाई विश्वसँग जोड्दै

भारतमा गणेश विसर्जनको क्रममा डुंगा पल्टिँदा ११ जनाको मृत्यु

२०७६ भदौ २७, १२:४३ खबर संवाददाता

भारतमा गणेश विसर्जनको क्रममा डुंगा पल्टिँदा ११ जनाको मृत्यु भएको छ। भारतको मध्य प्रदेश राज्यस्थित भोपाल शहरमा रहेको एउटा पोखरीको खटलापुरा घाटमा शुक्रबार बिहान गणेश विसर्जनको क्रममा १९ जना व्यक्ति सवार रहेको डुंगा पल्टिँदा ११ जनाको मृत्यु भएको बताइएको छ। पाँच जनालाई सुरक्षित रुपमा निकालिएको छ भने तीन जनाको खोजी कार्य जारी रहेको प्रहरी अधिकारीले जनाएका छन्। 

ज्यान गुमाउनेमा पिपलानी १०० क्वार्टरका मानिसहरु रहेका छन्। प्रत्यक्षदर्शीका अनुसार गणेशको प्रतिमा निकै ठूलो थियो। प्रतिमालाई नदीमा विसर्जन गर्ने बित्तिकै डुंगा असन्तुलन भएर पल्टिएको थियो। दुर्घटनालगत्तै राज्य विपद् प्रतिक्रिया कोष (एसडीआरएफ) को टिम गोताखोर र प्रहरीको टिम पुगेको थियो। घटनालाई लिएर जनसम्पर्क मन्त्री पीसी शर्माले दुर्भाग्यपूण भनेका छन्। 

कमेन्ट लोड गर्नुस