सुदूर नेपाललाई विश्वसँग जोड्दै

पब्जी खेलका कारण छोराद्धारा बुबाको हत्या

२०७६ भदौ २५, ०८:३७ खबर संवाददाता

भारतमा एक जनाले पब्जी खेलका कारण बुबाको हत्या गरेका छन्। भारतको कर्णाटकस्थित बेलगावी जिल्लामा एक २१ वर्षीय रघुबीर कुम्भरले मोबाइल गेम पब्जी खेल्न नदिएका कारण आफ्नै बाबुको घाँटी रेटेर हत्या गरेका हुन्। पब्जी खेल्ने लत लागेका उनी आफ्ना बाबुले मोबाइल चार्ज गरे हुन्थ्यो भन्ने चाहन्थे ताकि गेम खेल्न सकियोस्।

यो विषयलाई लिएर बाबु छोराको सो दिन झगडासमेत भएको थियो। त्यसपछि छोराले आफ्नी आमालाई कोठाबाट बाहिर जान आग्रह गरेको थियो। लगत्तै उसले आफ्नो बाबुको हत्या गरेको थियो। सो घटनापछि अभियुक्त युवककी आमा चिच्याउँदै घर बाहिर निस्किन्। छिमेकीले प्रहरीलाई बोलाए। रघुबीरलाई प्रहरीले गिरफ्तार गरेको छ।युवकका पिता शेखरप्पा प्रहरी विभागका अवकाश प्राप्त कर्मचारी हुन्। उनले सो घटनाको एक दिनअघि आफ्नो छोराको लतको बारेमा प्रहरीलाई सूचना दिएका थिए। प्रहरीलाई उनले आफ्नो छोराले घरमा ढुंगा फ्याक्ने गरेको समेत बताएका थिए। 

यस्तै रघुबीरमाथि मोबाइल गेम खेल्न नदिँदा गर्दा घरमा ढुंगा प्रहार गर्ने गरेको आरोप पहिला नै लागेको थियो। यस प्रकारको व्यवहारले रघुबीरको मानसिक अवस्थाको अनुमान लगाउन सकिने विज्ञहरु बताउँछन्।

कमेन्ट लोड गर्नुस