सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेकपाले चाहे जस्तो कम्युनिष्ट सरकार हुदैन : देउवा

२०७६ भदौ २४, ०४:३१ खबर संवाददाता

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपाले चाहे जस्तो कम्युनिष्ट सरकार नहुने बताएका छन्।  मंगलबार विराटनगर विमानस्थलमा संचारकर्मीसंग कुरा गर्दै प्रजातन्त्रका मान्यता मासेर नेकपाको दुई तिहाईको सरकारले मुलुकलाई कम्युनिष्ट राज्य बनाउन खोजेको आरोप लगाएका छन्।
उनले भने, नेकपाले चाहे जस्तो कम्युनिष्ट सरकार हुदैन, उसले ल्याउन खोजेको कम्युनिष्ट शासन व्यवस्थाविरुद्ध कांग्रेस आन्दोलमा जान्छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रजातन्त्रको मुल्य मान्यतालाई हस्तक्षेप गरी लोकतन्त्रतलाई कमजोर बनाउने खेल भईरहेको उनले बताए। उनले सरकारले कम्युनिष्ट राज्य बनाउने अभ्यास स्वरुप स्वतन्त्र प्रेस, न्यायपालिका, मानवअधिकार जस्ता लोकतन्त्रका आधार स्तम्भलाई क्रमिकरुपमा हस्तपेक्ष गर्ने कार्य गरी रहेको भनाइ थियो।

उनले पार्टीको महाधिवेशन भन्दा पहिला नै प्रदेशको अन्तरीम कमिटि गठनको टुंगो छिट्टै लाग्ने बताए। संवैधानिक व्यवस्थाको वाध्यताका कारण महाधिवेशन भन्दाअघि प्रदेशको अन्तरिम कमिटी गठन गर्न लागिएका बताए।
 

कमेन्ट लोड गर्नुस