सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपालले दियो बंगलादेशलाई २ सय ६२ रनको लक्ष्य

२०७६ भदौ २२, ०१:२७ खबर संवाददाता

१९ वर्ष मुनिको एसिया कप क्रिकेटमा नेपालले बंगलादेशलाई २ सय ६२ रनको लक्ष दिएको छ। श्रीलंकाको कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय ६१ रन बनाएको हो। नेपालका लागि पवन सर्राफले ८१ रन बनाए भने सन्दीप जोराले आक्रामक अर्धशतक पूरा गरे। पहिलो विकेटका लागि ४५ रनको साझेदारी गरेको नेपालका ओपनर रित गौतमले ३२ रनको योगदान गरे।

कुशल मल्लले २८, भीम सार्कीले २१ र कप्तान रोहित पौडेलले १४  रन बनाए। आसिफ शेखले ३ रन मात्र बनाउन सके। ओपनर पवनले धैयर्तापूर्वक ब्याटिङ गर्दै १ सय ९ बलमा ८१ रन बनाएका हुन्। उनले ८ चौका र १ छक्का प्रहार गरे। भिम सार्कीसँग ६७ रनको साझेदारी गर्ने क्रममा सन्दीपले ३७ बलमा ३ छक्का र ३ चौकाको मद्दतमा ५६ रन बनाएका हुन्।
 

कमेन्ट लोड गर्नुस