सुदूर नेपाललाई विश्वसँग जोड्दै

आईसीसी विश्वकप लिग–२: नेपालले आज ओमानसँग भिड्दै 

२०८१ असोज २, ०७:५५ खबर संवाददाता

काठमाडौँ: आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय श्रृङ्खलाअन्तर्गत नेपालले आज ओमानसँग खेल्दैछ। 

क्यानडाको किङ्ग सिटीमा हुने यो खेल नेपाली समयअनुसार आज राति पौने ९ बजे सुरु हुनेछ । यसअघि नेपाल आफ्नो पहिलो खेलमा घरेलु टोली क्यानडासँग एक सय तीन रनले पराजित भएको थियो। क्यानडा नौ खेलमा पाँच जित र चार हारका साथ १० अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ।

नेपाल पाँच खेलमा एक जीत र चार हारका साथ २ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ। ओमान ४ खेलमा १ जीत र २ हारका साथ ३ अङ्कसहित छैटौँ स्थानमा छ। नेदरल्यान्ड्स आठ खेलमा १२ अङ्कका साथ शीर्ष स्थानमा छ। विश्वकप सन् २०२७ को छनोटको रूपमा रहेको लिग–२ मा आठ टोलीको सहभागिता छ। नेपालले तेस्रो खेलमा असोज ६ गते क्यानडासँग र चौथो खेलमा असोज ८ गते ओमानसँग खेल्नेछ।

कमेन्ट लोड गर्नुस