सुदूर नेपाललाई विश्वसँग जोड्दै

अभद्र व्यवहार मुद्दामा फरार रहेका शाही लागूऔषधसहित पक्राउ

२०८१ असोज ५, ०८:२५ खबर संवाददाता

धनगढीः अभद्र व्यवहार मुद्दामा फरार रहेका कैलालीका कमल शाहीलाई लागूऔषधसहित पक्राउ गरिएको छ।

लम्कीचुहा नगरपालिका–३ चिसापानीका अभद्र व्यवहार मुद्दामा फरार रहेका २९ वर्षीय शाहीलाई इलाका प्रहरी कार्यालय चिसापनीबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो। शाहीलाई कर्णाली नदी किनारमा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। उनको साथबाट ०.३९ मिलीग्राम लागूऔषध फेला पारी नियन्त्रणमा लिएको छ। 

कमेन्ट लोड गर्नुस