सुदूर नेपाललाई विश्वसँग जोड्दै

एसिड प्रहारबाट घाइते भएकी मुस्कानको उपचारका लागि प्रदेश २ सरकारले ५ लाख दिने

२०७६ भदौ २१, ११:३४ खबर संवाददाता

शुक्रबार एसिड प्रहारबाट गम्भीर घाइते भएकी विरगञ्जकी किशोरी मुस्कान खातुनलाई प्रदेश २ सरकारले उपचारका लागि ५ लाख रुपैयाँ सहयोग दिने भएको छ। मुस्कानको उपचारका लागि मुख्यमन्त्री लालबाबु राउतले  ५ लाख रुपैयाँ सहयोग दिने घोषणा गरेको हो। प्रदेश २ मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले मुस्कानको उपचारको लागि मुख्यमन्त्री राउतले ५ लाख रुपैयाँ रकम सहयोग गर्ने घोषणा गरेको बताए।

वीरगञ्ज महानगरपालिकाका ३ छपकैयाकी १५ वर्षीया छात्रा मुस्कान शुक्रबार बहिान विद्यालय जाँदै गरेको बेला उनीमाथि स्थानीय दुई किशोरले एसडि प्रहार गरेका थिए।

एसिड प्रहारबाट गम्भीर घाइते मुस्कानलाई तत्कालै उपचारका लागि वीरगञ्जस्थित नारायण उपक्षेत्रीय अस्पतालमा भर्ना गरिएको थियो। त्यहाँबाट चिकित्सकको सल्लाहमा उनलाई थप उपचारका लागि काठमाण्डौको कीर्तिपुर हस्पिटलमा भर्ना गरिएको छ।
 

कमेन्ट लोड गर्नुस