सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको दोगडाकेदारका कृषि उद्यमी कार्की प्रदेश सरकारबाट सम्मानित

२०८३ असार २४, ०५:५६ जयन्त सिंह भाट

धनगढीः बैतडीको दोगडाकेदार गाउँपालिका–७ का कृषि उद्यमी टेक बहादुर कार्कीलाई सुदूरपश्चिम प्रदेश सरकारले उत्कृष्ट उद्यमीका रुपमा सम्मान गरेको छ। 

बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजित उत्कृष्ट उद्यमी सम्मान कार्यक्रममा सामाजिक विकास मन्त्री बेल बहादुर राना मगरले उनलाई नगद ५० हजार रुपैया सहित सम्मान पत्र प्रदान गरेका हुन्। 

कार्कीले बैतडी जिल्लाको दोगडाकेदार गाउँपालिका वडा नं. ७ रिखालीमा सुदर्शन कृषि तथा लघु उद्यम फर्म सञ्चालन गर्दै आएका छन्। उनले फर्ममार्फत स्थानीय अर्गानिक वस्तुहरुबाट अचार तथा मसलाहरु उत्पादन गरि विक्रि वितरण गर्दै आएका छन्। उनले हालसम्म स्थानीय र जिल्ला बाहिरका विभिन्न स्थानमा गरि  करिब २५० जनालाई अचार तथा मसला उत्पादन सम्बन्धी तालिम समेत प्रदान गरेको बताए।

उनले उत्पादन गरेको अचार तथा मसला स्वदेश तथा विदेशमा समेत विक्रि गर्दै आएको बताए। अर्गानिक अचार तथा मसलाको माग पछिल्लो समय बढिरहेको र उत्कृष्ट उद्यमीका रुपमा प्रदेश सरकारबाट सम्मानित हुन पाउँदा गौरवान्वित महशुस भएको र हौसला बढेको उनले बताए। 

उनि स्थानीय वडा तथा पालिकाको सिफरिसमा पुरस्कृत भएका हुन्। आफ्नो उत्पादनको बजारिकरणका लागि स्थानीय सरकारले सघाएमा अझ रैथाने उत्पादनमा आधारित उद्यम र व्यवसायलाई अझै सुदृढ गर्दै स्थानीय स्रोतहरुको उपयोग र व्यवसायीकरणमा सहज हुने उनको भनाई छ। 
 

जयन्त सिंह भाट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस