सुदूर नेपाललाई विश्वसँग जोड्दै

धरौटीको आदेश बदरको माग गर्दै रवि लामिछानेद्धारा उच्च अदालतमा निवेदन

२०७६ भदौ १७, ०३:२०

सञ्चारकर्मी रवि लामिछानेले चितवन जिल्ला अदालतले धरौटीमा छाड्न दिएको आदेश बदरको माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन्।  पूर्व सहकर्मी शालिकराम पुडासैनी मृत्यु प्रकरणमा आत्महत्या दुरुत्साहन गरेको अभियोग लागेका रवि र युवराज कँडेलले आदेश बदरको माग गर्दै उच्च अदालत पाटन हेटौँडामा निवेदन दिएका हुन्।

चितवन जिल्ला अदालतले लामिछानेलाई ५ लाख र कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। लामिछाने र कँडेलले फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिम भदौ ९ गतेको चितवन जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा रही मुद्दा पुर्पक्ष गरिपाऊँ भनी निवेदन दर्ता गराएका हुन्। उनीहरुको निवेदनमाथि बुधबार प्रारम्भिक सुनुवाइ गर्ने उच्च अदालतले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस