सुदूर नेपाललाई विश्वसँग जोड्दै

जोकोभिच घाइते भएपछि वावरिन्का यूएस ओपन टेनिसको क्वार्टर फाइनलमा

२०७६ भदौ १६, ११:५१ खबर संवाददाता

विश्व नम्बर एक नोभाक जोकोभिच घाइते भएपछि २३औं वरीयताका स्वीस खेलाडी स्टानिस्लास वावरिन्का यूएस ओपन टेनिसको क्वार्टर फाइनलमा पुगेका छन्। गएको वर्षका विजेता जोकोभिचले स्टानसँगको खेलमा पहिलो सेट गुमाए पनि दोस्रो सेटमा कमब्याक गरेका थिए। पहिलो सेट ६–४ ले गुमाएका जोकोभिचले दोस्रो सेटमा ५–७ को जित निकालेका थिए। तेस्रो सेटमा वावरिन्काले २–१ को अग्रता लिएको अवस्थामा जोकोभिचले खेल त्यागेका थिए। उनको काँधमा समस्या आएको छ। 

सन् २००६ मा युएस ओपनमा डेब्यू गरेपछि जोकोभिच सेमिफाइनलभन्दा अगाडी नै बाहिरिएको पहिलो पटक हो। जोकोभिचले तीन पटक युएस ओपनको उपाधि जितिसकेका छन्। तेस्रो वरियताका स्वीस खेलाडी रोजर फेडेरर पनि क्वार्टर फाइनलमा स्थान बनाउन सफल भएका छन्। पुरुष टेनिसका सर्वा्धिक सफल खेलाडी फेडेररले बेल्जियमका डिएगो गोफिनलाई ६–२, ६–२ र ६–० को सहज सेटमा हराएका थिए।

यस्तै पाँचौं वरियताका रसियन खेलाडी डेनिल मेद्भेदेभले जर्मनीका डोमिनिक कोप्फरलाई ३–१ को सेटमा पाखा लगाउँदै अन्तिम आठमा प्रवेश गरे। पहिलो सेट ३–६ ले जितेका कोप्फरले पछिल्लो तीन सेट भने गुमाउन पुगे। मेद्भेदेभले पछिल्लो तीन सेटमा कमब्याक गर्दै ६–३, ६–२ र ७–६(७–२) को जित निकालेका थिए।
 

कमेन्ट लोड गर्नुस