सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट बिजयी संबिधान सभा सदस्यको काठमाडौँमा जम्काभेट रेष्टुरेन्ट

२०७६ भदौ १४, ०४:२४ नवराज पनेरु

देश लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि पहिलो पटक २०६४ सालमा भएको संबिधास सभा निर्वाचनमा हरिश ठकुल्ला (कमल क्षेत्री) ले कञ्चनपुर क्षेत्र नम्वर ४ बाट चुनाव लड्ने मौका पाए। तत्कालिन नेकपा माओवादीबाट टिकट पाएका उनका प्रतिस्पर्धी थिए, चुनाव कहिले नहारेका पटक–पटक देशको प्रधानमन्त्री बनिसकेका शेरवहादुर देउवा।

सशस्त्र द्वन्द्धबाट आएको माओवादीको पक्षमा निर्वाचनको प्रचारप्रशारको क्रममै जनलहर नै देखिएको थियो। कमल क्षेत्रीका लागि भने चुनाव नौलो अनुभव थियो। चुनावका क्रममा लाग्ने खर्चको बारेमा उनले आकलन समेत गरेका थिएनन्।

उनले सो निर्वाचन लड्नका लागि ८ कठ्ठा जग्गा विक्री गरे तर कञ्चनपुरका तीन वटा निर्वाचन क्षेत्रमा माओवादीले जित हात पारेपनि कमल क्षेत्री चुनावमा शेरवहादुर देउवासंग पराजित भए। देउवा डडेल्धुराबाट पनि निर्वाचित भएकाले उनको एक निर्वाचन क्षेत्र छोड्न पर्ने थियो। कञ्चनपुर निर्वाचन क्षेत्र नम्वर ४ छोडेपछि फेरी सोही निर्वाचन क्षेत्रमा लड्ने मौका पाए कमल क्षेत्रीले। 

उप–निर्वाचनका क्रममा पनि उनको धेरै खर्च भयो, केही रकम पार्टीले पनि सहयोग गरेको थियो, यद्यपी उनले निर्वाचन भने जिते। संबिधान बनाउने कार्यभार पनि उनको काधमा थपियो। उनले एक पटक संसदीय व्यवस्था र शिक्षा प्रणालीको बारेमा अवलोकन गर्न अमेरीका जाने मौका पाए, तर उनकै निर्वाचन क्षेत्रमा कमल क्षेत्री पलायन भएको हल्ला चल्यो, कमल क्षेत्री अमेरीका नै बस्न थालेको भन्दै।  

एक दिन कञ्चनपुरको महेन्द्रनगर एक नम्वर गल्लीका व्यापारी कमल कठायतको पसलमा एक जनासंग उनको भेट भयो। तर ति व्यक्तिले कमल क्षेत्रलाई चिनेका थिएनन्। ‘मसंगै कमल क्षेत्री अमेरीका पलायन भईसकेको भन्दै ति व्यक्तिले बहस गरे,’ उनले भने, ‘मैले धेरै पटक सम्झाए कमल क्षेत्री नेपालमै छन् भनेर विश्वास गरेनन्, अनि म नै कमल क्षेत्री हो भनेर संबिधान सभाको कार्ड देखाए त्यसपछि मात्रै विश्वास गरे।’

संबिधान निर्माणको कार्यभार बोक्दै गठन भएको पहिलो संविधान सभाले संबिधान बनाउन नसकेपछि संबिधान सभा विगठन भयो। उनी पनि काठमाडौँबाट कञ्चनपुर फर्किने तयारीमा थिए। तर उनले काठमाडौँको बसाईका क्रममा रासन पसलमा ५८ हजार उधारो तिर्न बाँकी थियो।

तर संबिधान सभाको सदस्य वापत पाउने सेवा सुविधा भने दैनिकी सञ्चालनमै खर्च भईसकेकोले उनलाई उधारो तिर्न पनि समस्या भयो। उनका माईलो बुबाका छोराले उक्त रकम तिरिदिए र उनी कञ्चनपुर फर्किए। सोही समयमा उनलाई लागिसकेको थियो, पैशा विना निर्वाचन लड्न सम्भव छैन् भनेर। 

राजनीति सेवा हो व्यापार होईन भन्ने मानसिकताका साथ उनले काठमाडौँ उप–महानगरपालिका वडा नम्वर १० थापागाउँमा जम्काभेट रेष्टुरेन्ट सञ्चालन गरे। होटल पनि धेरै ठुलो होईन, धेरैले चिया पसल भनेरै चिन्छन्। होटलमा काम गर्नका लागि कसै कामदारलाई राखिएको छैन्।

संबिधान सभामा विजयी भएपछि पनि उनी आँफै भान्सामा काम गर्छन, परिहाले भाडा माझ्न पनि पछि पर्दैनन्। उनकी श्रीमती, छोरी र छोराले पनि होटलमा सघाउँदै आएका छन्। उनले भने– ‘मैले अहिले सम्म न छोराछोरीको पढाईको लागि पूर्व संबिधान सभा सदस्य भएको भन्दै सिफारिस गरेको छु, न त कसैलाई जागिर लगाईदिनका लागि नै पहल गरेको छु, तर अहिले पनि सक्रिय राजनीति गरिरहेको छु।’

देशमा राजनीतिक व्यवस्था धेरै फेरिएपनि जनताको अवस्थामा सुधार हुन नसकेको तर्क उनको छ। ‘शासन अनुसारको प्रशासन चलाउनका लागि कहिले पनि पहल भएन,’ उनले अगाडी थपे, ‘प्रशासन अनुसारको शासन सञ्चालन हुन थाल्यो, यसरी देश अगाडी बढ्दैन्।’
 

 नवराज पनेरु दिनेश एफएमका सम्पादक हुन्। उनले कला साहित्य, खेलकुद, विकास निर्माण र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस