सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश ट्राफिक प्रहरी प्रमुख सहित सुदूरपश्चिमका तीन जना एसपीको सरुवा

२०७६ भदौ १४, ०६:५४ खबर संवाददाता

प्रदेश ट्राफिक प्रहरी प्रमुख सहित सुदूरपश्चिमका तीन जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले एकै पटक ५० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गर्दा सुदूरपश्चिममा कार्यरत तीन जना प्रहरी उपरिक्षकको सरुवा गर्ने निर्णय गरेको हो। 

प्रहरी प्रधान कार्यालयल अन्तरगतको मानवस्रोत एवम् प्रशासन विभागले भदौ महिनादेखिकै तलब, भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी प्रहरी उपरिक्षकहरुको सरुवा गरेको हो। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख केदार रज्यौलेलाई प्रहरी प्रधान कार्यालय नक्सालमा सरुवा गरिएको छ भने उनको स्थानमा गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण तनहुबाट प्रहरी उपरिक्षक लोकेन्द्र श्रेष्ठलाई सुदूरपश्चिम खटाईएको छ। 

यस्तै सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दीपायलमा कार्यरत प्रहरी उपरिक्षक डाक्टर मेखवहादुर खत्रीलाई गण्डकी प्रदेश दंगा नियन्त्रण प्रहरी गण तनहँु सरुवा गरिएको छ भने उनको स्थानमा जिल्ला प्रहरी कार्यालय गुल्मीका कार्यरत प्रहरी उपरिक्षक दीपक कुमार बस्नेतलाई दीपायल खटाईएको छ।

यस्तै जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरिक्षक विद्यानन्द माझीको राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरवारमा सुरुवा भएको छ भने उनको स्थानमा ५ नम्वर प्रदेश दंगा नियन्त्रण प्रहरी गण पश्चिम नवलपरासीबाट प्रहरी उपरिक्षक दीलिपसिंह देउवालाई खटाईएको छ। 
 

कमेन्ट लोड गर्नुस