सुदूर नेपाललाई विश्वसँग जोड्दै

‘आत्मरक्षा’ का लागि यमन आक्रमण

२०७६ भदौ १३, ०४:०८ खबर संवाददाता

संयुक्त अरब इमिरेट्सले यमन सङ्कटका बारेमा गठित अरब गठबन्धनमाथि हुने कुनै पनि आक्रमणको आत्मरक्षाको अधिकार रहेको जनाएको छ। युएईको विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा यमनमा पछिल्लो समय भइरहेका आक्रमणबाट अरब गठबन्धन र नागरिकमाथि गम्भीर सङ्कट उत्पन्न भएको उल्लेख छ। 

यमनी विदेश मन्त्रालयले पनि अन्तराष्ट्रिय मानवीय कानुनलाई ध्यानमा राखी आतंकवादी लडाकूलाई मात्र केन्द्रित गरी हवाई हमला गर्न आग्रह गरेको छ। सैनिक गुप्तचर सूचनामा विद्रोहीहरुले गठबन्धन सेनामाथि आक्रमण गर्ने योजना बनाएको पाइएको छ। युएईको विदेश मन्त्रालयले गठबन्धन सेनामाथि आक्रमण हुनुअघि नै विद्रोहीमाथि कारबाही गर्नु परेको जनाएको छ।

यमनको अन्तर्रा्ष्ट्रिय रुपमा मान्यताप्राप्त सरकारले भने युएईमाथि जथाभावी यमनी नागरिकमाथि हवाई हमला गरिएको र दर्जनौं निहत्था व्यक्ति मारिएको दाबी गरेको छ। दक्षिणी एडेन शहर र यसको वरपर युएई समर्थित पृथकतावादी विद्रोहीहरुले आक्रमण गरेको यमन सरकारले बताएको छ। 

कमेन्ट लोड गर्नुस