सुदूर नेपाललाई विश्वसँग जोड्दै

सागका लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक सूची सार्वजनिक

। फोटो स्रोत ।
२०७६ भदौ १२, ०५:०५ खबर संवाददाता

१३ औं दक्षिण एसियाली खेलकुद (साग)का लागि नेपाली क्रिकेट टिमको प्रारम्भिक सूची सार्वजनिक गरिएको छ। मंसिरमा आयोजना हुने सागका लागि पहिलो चरणको प्रशिक्षणमा ३५ जना खेलाडीलाई बोलाइएको छ।

नेपाली टिमका मुख्य प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले खेलाडी छनोट गरेका हुन्। ३५ जना खेलाडीमा कप्तान खड्कासहित ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, बसन्त रेग्मी, राजु रिजाल, जितेन्द्रकुमार मुखिया, प्रदीप ऐरी, सुनिल धमला, सौरभ खनाल, ललितनारायण राजवंशी, विक्रम सोब, इशान पाण्डे, करण केसी रहेका छन्।

यस्तै, मोहम्मद आशिफ शेख, विनोद भण्डारी, सन्दीप जोरा, कुशल मल्ल, रित गौतम, पवन शर्राफ, अमित श्रेष्ठ, किशोर महतो, मोहम्मद आरिफ शेख, सुशन भारी, अनिल कुमार साह, अभिनास बोहरा, सन्दीप लामिछाने, नन्दन यादव, रोहितकुमार पौडेल, भीम सार्की, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, सागर ढकाल र सहाब आलम रहेका छन्। नेपाली टिमले साग लक्षित प्रशिक्षण सेप्टेम्बर १ तारिखदेखि सुरु गर्ने छ।
 

कमेन्ट लोड गर्नुस