सुदूर नेपाललाई विश्वसँग जोड्दै

रविले भने– पहिलो प्राथमिकता सञ्चारकर्म नभए राजनीतिमा आउँछु

। फोटो स्रोत ।
२०७६ भदौ १०, ११:०८ खबर संवाददाता

सञ्चारकर्मी रवि लामिछानेले राजनीतिमा आउने संकेत दिएका छन। आत्महत्या दुरुत्साहन मुद्दामा धरौटीमा रिहा भएपछि मंगलबार बिहान भरतपुरमा पत्रकार सम्मेलन गर्दै उनले पत्रकारितासँगै राजनीति पनि विकल्प हुन सक्ने बताए। 

तर अहिले आफूले पत्रकारिताबाटै देश र जनताका लागि खरो रुपमा काम गर्ने बताउँदै उनले भने, ‘राजनीतिमा आउने सम्भावनाको ढोकामा चुकुल मात्र लागेको छ, ताल्चा लागेको छैन’ ‘केही लागेन भने राजनीति विकल्प बन्न सक्छ, तर मैले आज जानेको चिज राजनीति होइन, सञ्चारकर्मबाटै खबरदारी गर्न चाहन्छु।’
 

कमेन्ट लोड गर्नुस