सुदूर नेपाललाई विश्वसँग जोड्दै

कान्तिपुर दैनिकको प्रधान सम्पादकमा फेरी सुधीर शर्मा

२०७६ भदौ ९, ०३:१६ खबर संवाददाता

कान्तिपुर दैनिकको प्रधान सम्पादकको जिम्मेवारी फेरी सुधीर शर्माले पाएका छन्। सोमबारद‍ेखि लागू हुने गरी  शर्मालाई प्रधान सम्पादकको जिम्मेवारी दिईएको हो।  यसअघि गत वर्ष शर्मालाई नै विस्थापित गरेर नारायण वाग्ले कान्तिपुरको प्रधान सम्पादकमा नियुक्त भएका थिए भने १४ वर्षअघि वाग्लेलाई विस्थापित गरी शर्मा प्रधान सम्पादक भएका थिए।  गत वर्ष कान्तिपुर मिडिया ग्रुपमा बिजनेस डाइरेक्टरका रुपमा टाइम्स अफ इन्डियामा प्रमुख भूमिकामा जिम्मेवारी निर्वाह गरिसकेका रजनीश ऋखि आएपछि कान्तिपुरबाट शर्माले राजीनामा दिएका थिए। 
 

कमेन्ट लोड गर्नुस