सुदूर नेपाललाई विश्वसँग जोड्दै

रवि लामिछानेको बयान भोली, अस्मिताको बयान सकियो

२०७६ भदौ ८, ०५:३८ खबर संवाददाता

बयान नसकिएपछि जिल्ला अदालत चितवनले रवि लामिछानेलाई हिरासतमा पठाएको छ। चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्की विरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको थियो।

आइतबार प्रतिवादी अस्मिता कार्कीको बयान सकिएको छ। तर लामिछाने र कँडेलको बयान नसकिएकाले पुनः जिप्रका चितवनको हिरासतमा पठाइएको छ। भोलि १० बजेबाट पुनः बयान सुरु हुने जिल्ला अदालत चितवनका श्रेश्तेदार रुद्रमणि गिरीले बताए।

कमेन्ट लोड गर्नुस