सुदूर नेपाललाई विश्वसँग जोड्दै

एनआरएन पोर्चुगलको उपाध्यक्षमा धनगढीका पाण्डेयको स्वतन्त्र उम्मेदवारी

२०७६ भदौ ८, ११:४० खबर संवाददाता

एनआरएन पोर्चुगलको उपाध्यक्षमा पत्रकार गणेश पाण्डेयले स्वतन्त्र उम्मेदवारी दिएका छन्। नेपाल पत्रकार महासंघ युरोप शाखाका सदस्य समेत रहेका पत्रकार पाण्डेयले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद पोर्चुगलको उपाध्यक्षमा पाण्डेयको स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

उनको नेपाल घर धनगढी उप–महानगरपालिका वडा नम्वर २ सन्तोषीटोल हो। २०१९ देखि २०२१ सम्मका लागि हुने सातौँ राष्ट्रिय चुनावी अधिवेशनका लागि उनले उम्मेदवारी दिएका हुन्। पाण्डेले पत्रकारीताको माध्यमबाट पछिल्लो समयमा युरोपमा भएका मानव तस्करी, सोसियल काण्ड, ठगी काण्ड, संस्थागत भ्रष्टाचार, जालसाजी साथै एनआरएनए भित्रका विकृति विसंगतिहरुलाई समेत सतहमा ल्याउने काम गरेका थिए। 

पाण्डेयले सन् २००१ मा लागु औसध दुव्र्यसनी बिरुद्ध सचेतना फैलाउन नेपालको ५४ जिल्लामा साइकलमा भ्रमण गरेका थिए। भारत र बंगलादेशमा पनि सोही संदेश लिएर साइकल भ्रमण गरेको पाण्डेय बताउछन्। पाण्डेय सन् १९९८ देखि हालसम्म मनाबधिकारबादी संस्था एम्नेस्टी इन्टरनेसनलसंग आबद्ध छन्।

लियो क्लब पश्चिम नेपालका संस्थापक अध्यक्ष हुदै जेसीज इन्टरनेसनल र लायन्स क्लब जस्ता सामाजिक संस्थामा काम गरेको अनुभव पाण्डेयसंग छ। यस्तै उनकै पहलमा पोर्चुगलमा रहेका नेपालीहरुले कैलाली र कञ्चनपुरका हावाहुरी पीडितलाइृ सहयोगका पनि गरेका थिए।

सुदूरपश्चिम समाज पोर्चुगलले नेपालीहरुबाट संकलित ११३० युरो (एक लाख ४० हजार चार सय २९ रुपैया नेपाली) हावाहुरीबाट पीडितको घर पुनर्निर्माणका लागि रोटरी क्लव अफ धनगढीलाई पठाईएको थियो। 
 

कमेन्ट लोड गर्नुस